इंग्ल्याण्ड र डेनमार्कविचकाे पहिलाे हाफ १-१ गाेलकाे बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 1049 पटक हेरिएको

हाइलाइट्स

वेम्ब्ली रंगशालामा इंग्ल्याण्डले डेनमार्कको एक गोलको अग्रतालाई बराबरी गर्न सफल भयो । 

युरोकपको दोस्रो सेमिफाइनलमा अहिले इंग्ल्याण्ड र डेनमार्कविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफमा दुबै टिमले एक एक गोलको बराबरी खेलेका छन । 

लण्डन स्थित वेम्ब्ली रंगशालामा इंग्ल्याण्डले डेनमार्कको एक गोलको अग्रतालाई बराबरी गर्न सफल भयो । निकै आक्रामक खेल खेलेको इंग्ल्याण्डले १३ औं मिनेटमा राम्रो मुभ बनाएको थियो । उसका रहिम स्ट्रलिङको प्रहारलाई डेनीस गोलकिपरले बचाए ।

२५ औं मिनेटमा डेनमार्कले राम्रो अवसर गुमायो । उसका डाम्सगार्डले गरेको प्रहार पोष्ट बाहिर रह्यो ।

तर खेलको ३० औं मिनेटमा डेनमार्कले अग्रता बनायो । उसका लागि मिकेल डाम्सगार्डले उत्कृष्ट गोल गर्न सफल भए । उनले प्रहार गरेको फ्रिकिक सोझै गोलमा परिणत भयो । जारी युरोकपमा फ्रिकिकमा सोझै गोल भएको यो पहिलो पटक हो । 

एक गोलले पछि परेको इंग्ल्याण्डका रहिम स्ट्रलिङले ३८ औं मिनेटमा गोलको प्रयास गर्दा सफल भएनन् ।

तर ३९ औं मिनेटमा इंग्ल्याण्डले खेल बराबरी गर्न सफल भयो । साकाले गरेको प्रहारलाई क्लियर गर्ने क्रममा डेनमार्कका डिफेन्डर तथा कप्तान सिमोनले आत्मघाती गोल गर्न पुगे । जारी प्रतियोगितामा यो ११ औं आत्मघाती गोल हो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal