बार्सिलाेनालाई लिभरपुलले ४-० ले हराउँदाका चर्चित 'बल ब्वाई' क्लाेपकाे युथ टिममा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 991 पटक हेरिएको

सन् २०१९ मा बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिग अन्तगर्तको खेलमा लिभरपुलले चार शुन्यको जित निकाल्दा निकै चर्चामा आएको बल ब्याई थिए, ओकालय कानोनिर । त्यो बेला निकै चाँडो बललाई टच गरेर आर्नोल्डलाई दिएका ओकाले अहिले लिभरपुलमा ब्यवसायीक रुपमा अनुबन्ध भएका छन । 

उनले त्यो बेला गरेको त्यो हरकतका कारण निकै ठूलो चर्चा पाएका थिए । त्यो पनि सकारात्मक रुपमा । उनले अहिले लिभरपुलसँग ब्यवसायीक सम्झौत गरेका छन ।

पहिलो पटक आधिकारीक सम्झौता गरेका ओकालयले २०१९ गरेको कलालाई बार्सिलानाका कुनैपनि खेलाडीले पत्तो पाएका थिएनन् । कर्नर हुनुपर्ने बललाई आर्नोल्डले कलेक्ट गरेर ओरिटीलाई पास दिएका थिए भने पछि सोहि बलमा गोल भएको थियो । 

त्यो बेला १४ बर्षका रहेका उनी अहिले १७ बर्षको उमेरमा लिभरपुलमा खेलका लागि अनुबन्ध भएका छन ।

त्यो बेला उनले पाएको चर्चा खेलमा मात्र सिमित भएन, लिभरपुलले उनलाई दुई सिजनसम्म खेलको टिकटपनि दिए भने फाइनलका लागि निम्तो पनि दिए । 

त्यो बेला उनलाई क्लवले बल बाहिर गएको खण्डमा निकै चाँडो फिर्ता गर्न भनेर सिकाइएको पनि भनिएको छ ।

इंग्ल्याण्डको युथ लेभलमा खेलिसकेका उनले यू १८ को खेलमा अन्तिम समयमा गरेको गोलका कारण झन टिमको नजरमा परेका थिए । १२ बर्षको उमेरमा लिड्समा आएका उनकै गोलमा लिभरपुलले लिड्सलाई हराएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey