टाेकियाेमा फेरी आपतकालिन घाेषणा हुने, ओलम्पिक बिना दर्शक गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 906 पटक हेरिएको

हाइलाइट्स

पछिल्लो पटक टोकियोमा कोरोनाको संक्रमण दर बढेपछि जापान सरकारले ओलम्पिकलाई बन्द रंगशालामा गराउने निर्णय गरेको छ । जापान सरकारले टोकियोमा फेरी आपतकालिन घोषणा गर्ने भएको छ । 

जापानमा हुने टोकियो ओलम्पिक बन्द खेल स्थलमा हुने भएको छ । पछिल्लो पटक टोकियोमा कोरोनाको संक्रमण दर बढेपछि जापान सरकारले ओलम्पिकलाई बन्द रंगशालामा गराउने निर्णय गरेको छ । जापान सरकारले टोकियोमा फेरी आपतकालिन घोषणा गर्ने भएको छ । 

यसको औपचारिक निर्णय आइओसीसँगको छलफलपछि हुने भएको छ । आइओसीका अध्यक्ष थोमस बाख विहिबार टोकियो पुग्नेछन । त्यसपछि आयोजकसँगको छलफलपछि औपचारिक निर्णय गरिनेछ । 

टोकियोको मेयर युरिको कोइकीले सरकारले नै आपतकालिनको घोषणा गर्ने र त्यो समयाअवधि अगष्ट २२ सम्म हुने संभावना भएकाले ओलम्पिक बन्द रंगशालामा हुने बताइन । 

यस्तै मेडिकल एक्सपर्टलेपनि दर्शकविनाको खेल गराउनु सबै भन्दा सुरक्षित उपाय भएको बताएका छन ।

पछिल्लो पटक टोकियोमा कोभिडको असर कम देखिएपछि आपतकालिनको समय पनि हटाइएको थियो भने खेलस्थलमा क्षमताको १० प्रतिशत घरेलु समर्थक राख्ने भनिएको थियो । 

तर मे को मध्यपछि अहिले सबैभन्दा धेरै कोरोना संक्रमित देखिएपछि फेरी अवस्था फेरीएको छ । सेप्टेम्बर २३ बाट हुने प्रतियाेगिताका लागि नेपालबाट चार खेलका पाँच खेलाडी जाने पक्का छ । यसमा पाैडीकाे दुई खेलाडी प्रशिक्षणका लागि जापान पुगिसकेका छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey