इपीएलका लागि सन्दिपले गरे काठमाडौं किङ्ग्ससँग औपचारिक सम्झाैता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 1639 पटक हेरिएको

लेग स्पिनर सन्दीप लामिछानले काठमाडौं किङ्ग्स-११ बाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

गत संस्करणमा २ खेलमा मात्रै  सन्दीपले ललितपुर प्याट्रियोट्सबाट खेलेका थिए । त्यसपछि उनी बिगब्यास लिग खेल्न गएका थिए ।

यस पटक उनी काठमाडौंबाट खेल्ने पक्का भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत काठमाडौंले सन्दीपसँग सम्झौता गरेको जनाएको छ ।

ट्रेडमा अघिल्लो वर्ष नै काठमाडौंले सन्दिपलाई लिएपनि कोरोनाका कारण सम्झौता गर्न सकेको थिएन । यो सम्झौतापछि सन्दिप औपचारिक रूपमा इपीएल काठमाडौंबाट खेल्ने छन् ।

सम्झौता काठमाडौंका मालिक रोहित गुप्ता र सन्दीपले हस्ताक्षर गरेका छन् । गत माघमै उनी काठमाडौंबाट खेल्ने पक्का भए पनि औपचारिक सम्झौता भने हालै भएकाे हाे । एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा आयोजना गर्ने गरि तयारी पनि थालिएको छ । 

सन्दिप बेलायतमा हुने द हन्ड्रेडका लागि बिहिबार जाँदै छन् । आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौंले मुख्य प्रशिक्षकका लागिपनि खुल्ला आह्वान गरेको छ ।

यसअघिका प्रशिक्षक विनोद दास हाल क्यानको क्रिकेट म्यानेजरमा नियुक्त भएपछि काठमाडौंको मुख्य प्रशिक्षकको पोष्ट खालि रहेको छ । नयाँ प्रशिक्षकका लागि टिमले केहि मापदण्डपनि बनाएको छ । 

आसन्न इपीएल असोज नौ देखि २३ गतेसम्म हुनेछ । यो पटकको प्रतियोगितामा पनि केहि स्टार विदेशी खेलाडी आउने संभावना रहेको छ ।

अघिल्लो पटक इपीएलको तयारी हुँदा वेष्ट इन्डिजका सुपरस्टार खेलाडी क्रिस गेल आउने पक्का थियो । तर कोभिडले प्रतियोगिताको मिती नजिकिदै गर्दा स्थगित भएको थियो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey