ए डिभिजन राष्ट्रिय फुटसल लिग साउन २३ गतेबाट हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 1144 पटक हेरिएको

हाइलाइट्स

प्रदेश स्तरीय छनौट पार गरेर आएका १० वटा टिमले यो प्रतियोगितामा सहभागिता जनाउनेछन । पोखराको रंगशालामा रहेको कर्भडहलमा हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताका लागि एन्फाले सबै टिमलाई एक लाख रुपैयाँ तयारी खर्च दिनेछ । यसका साथै टिमको बसाई र यातायात खर्चपनि ब्यहोर्नेछ । 

अखिल नेपाल फटुबल संघको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फटुसल लिग अगष्ट सात तारिखबाट सुरु हुने भएको छ । कोभिडका कारण लकडाउन हुँदा जेठमा हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो । 

तर अब एन्फाले यो प्रतियोगता साउन २३ गतेबाट गर्ने भएको हो । प्रदेश स्तरीय छनौट पार गरेर आएका १० वटा टिमले यो प्रतियोगितामा सहभागिता जनाउनेछन । पोखराको रंगशालामा रहेको कर्भडहलमा हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ । 

प्रतियोगिताका लागि एन्फाले सबै टिमलाई एक लाख रुपैयाँ तयारी खर्च दिनेछ । यसका साथै टिमको बसाई र यातायात खर्चपनि ब्यहोर्नेछ । 

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र ब्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले जनहरी २५ हजार रुपैयाँ पाउनेछन । 

प्रतियोगितामा सहभागि सबै टिमको छनौट भइसकेको छ । जसमा प्रदेश एकबाट फुटसल ५ धरान, द राइजिङ क्लव धरान रहेका छन । 

बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंकमुल फुटसल, प्रवातफेरी युथ क्लव, स्काई गोल्स फुटसल छन । 

गण्डकीबाट स्पोर्टस कास्टेल, सविन मेमोरियल फुटसल क्लव छन भने लुम्बिनी, कर्णाली र सुदुपरपश्चिमबाट लुम्बिनी फुटसल, झरना स्पोर्टस क्लवले खेल्नेछन । 

कोभिडका कारण झण्डै दुई महिना भन्दा बढि स्थगित भएको यो प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey