श्रीलंकन अलराउण्डर म्याथ्युज सन्यास लिने तयारीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 1021 पटक हेरिएको

हाइलाइट्स

विभिन्न सञ्चार माध्यमका अनुसार म्याथ्युजले सन्यासको विषयमा श्रीलंका क्रिकेट बोर्डलाई जानकारी पनि दिइसकेको र उनी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुडमा पुगेको बताइएको छ । 

बोर्डसँगको किचलोका कारण श्रीलंका क्रिकेट टिमका अनुभवी अलराउण्डर एंजेलो म्याथ्युजले भारतविरुद्धको सिरिज अगाडी नै सन्यास लिने मुडमा पुगेको बताइएको छ । 

विभिन्न सञ्चार माध्यमका अनुसार म्याथ्युजले सन्यासको विषयमा श्रीलंका क्रिकेट बोर्डलाई जानकारी पनि दिइसकेको र उनी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुडमा पुगेको बताइएको छ । 

श्रीलंका क्रिकेट बोर्डले सिनियर खेलाडीलाई किनारा लगाएको भन्दै निकै रुष्ट रहेका छन । उनले भारतविरुद्धको सिरिजबाट नामपनि फिर्ता लिएका छन । श्रीलंका क्रिकेट बोर्डले म्याथ्युजलाई आराम चाहिएको बताइसकेको छ । 

३४ बर्षे म्याथ्युजले बोर्डसँग सन्यासको विषयमा छलफल गरिरहेको बताइएको छ । उनले आफ्नो सन्यासको बारेमा यो साता निर्णय गर्ने बताइएको छ । यसअघि श्रीलंक इंग्ल्याण्ड टुरमा जाँदापनि आफु अनुपस्थित रहेको बताएका थिए । 

क्रिकेट बोर्डले सिनियर खेलाडीको तलव कटौती गरेको भन्दै बोर्डसँग विवाद भएको थियो । जसका कारण खेलाडीले केन्द्रिय सम्झौतामा हस्ताक्षर गर्न मानेका थिएनन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey