Mega Bank

लमही क्रिकेट रंगशालालाई बजेट नपारेको विषय राष्ट्रिय सभामा 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 491 पटक हेरिएको

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले लमही क्रिकेट मैदानका लागि बजेट माग गरेकी छिन् । 

राष्ट्रिय सभाको बैठकको सून्य समयमा वुधबार बोल्दै सदस्य देवकोटाले अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटको बुँदा नम्बर २५३ मा लमही क्रिकेट मैदानका लागि बजेट विनियोजन गरेको छु भने पनि कागजमा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

‘अर्थमन्त्रीले बजेट भाषणमा बोल्ने, खेलकुद मन्त्रालयले विनियोजन गरेको डकुमेन्टमा त्यो नपर्ने यो के तरिका हो’ भन्दै सदस्य देवकोटाले प्रश्न गरिन् । दाङको लमहीमा निर्माणाधित अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सरकारले बजेट छुट्याउने प्रतिबद्धता जनाएको थियो । 

अहिले पनि निर्माणाधिन अवस्थामा रहेको मैदानमा डे नाइट क्रिकेट प्रतियोगिता आयोजना गराउने गरि पूर्वाधार बनाउन पहल गर्ने प्रतिवद्धता यसअघि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले पनि गरेका थिए । 

सरकाले आर्थिक बर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दा उक्त मैदानका लागि बजेट विनियोजन गरेको बताए पनि पछि युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको खर्च विनियोजन शीर्षकमा लमही क्रिकेट मैदानको नाम पनि उल्लेख भएको छैन् । 

भर्खरै

Advertisement