Mega Bank
Prabhu Bank

टुडिखेलमा अरुले खेलेको देखेर फुटबलमा हौसिएका सुरजको राष्ट्रिय टिमसम्मको यात्रा भिडियाे स्टाेरी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 4013 पटक हेरिएको

हाइलाइट्स

  • २० बर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका सुरजका राष्ट्रिय टिमका लागि खेल्ने चाहना कुवेती भूमीमा पुरा भयो ।
  •  नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीबाट खेलेपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका सुरज पहिलो पटक राष्ट्रिय टिमका क्याम्पमा परे । 

खेलमा लागेपछि सबैको चाहना हुन्छ, देशको जर्सी लगाएर अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने । तर यसमा सबैको चहना कहाँ पुरा हुन्छन् र ? नेपालको जर्सी लगाउने चाहना पुरा गरेका एक युवा खेलाडी हुन, सुरज जिउ ठकुरी ।

२० बर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका सुरजका राष्ट्रिय टिमका लागि खेल्ने चाहना कुवेती भूमीमा पुरा भयो । नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीबाट खेलेपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका सुरज पहिलो पटक राष्ट्रिय टिमका क्याम्पमा परे । 

सानैमा बुवा वितेपछि सुरजलाई आमाले निकै कठिन अवस्थाबाट हुर्काएकी हुन्, । टुडिखेलको छेउमा सानो पसल हुँदा त्यहाँ खेल्न आउने अरु खेलाडीले खेलेको देखेर फुटबल खेल्न हौसिएका सुरजले कहिलेपनि सोचेका थिएनन् राष्ट्रिय टिममा यति चाँडो पुगिन्छ भनेर । 

यू १८ फुटबल टिमबाट खेलेपछि सोझै जाउलाखेल क्लवबाट ए डिभिजन लिग खेलेका सुरजको करियरमा नेपाल सुपर लिगले इट्टा थप्ने काम गर्यो । 

राष्ट्रिय टिममा पहिलो पटक पर्दा सुरजले खासै पत्याएका थिएनन् । फुटबल खेल्दा आमाको कुटाई समेत खाएका सुरज अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दाको क्षण उनका लागि निकै उत्साहित थियो । 
अहिलेपनि राष्ट्रिय टिमको क्याम्पमा रहेका सुरज अहिले परिवारको आम्दानी गर्ने एक्लो ब्यक्ति हुन । बाल्यकालमा नै बुवा बताएका सुरज आफ्नो फुटबलको सुरुआती दिनका कष्टपूर्ण क्षणबाट माथि उठेर सफल खेलाडीको लक्ष्यमा अघि बढिसकेका छन् ।

२० वर्षको उमेरमा राष्ट्रिय टोलीबाट खेल्न पाउने भाग्यमानी यी खेलाडीले करिअरमा धेरै काम गर्न बाँकी छ । राष्ट्रिय टोलीमा पर्न प्रतिस्पर्धा बढिरहेको अवस्थामा उनले टिमको नियमित टोलीमा पर्नका लागि संघर्ष जारी राख्ने बताउँछन् ।

भिडियाे स्टाेरी

 

भर्खरै

Advertisement