कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्ने

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२३
  • |
  • 1108 पटक हेरिएको

कोपा अमेरिकाको फाइनलमा दक्षिण अमेरिकी महारथी टोलीहरु अर्जेन्टिना र ब्राजिल भिड्ने भएका छन् । 

आज विहान सम्पन्न दोस्रो सेमिफाइनलमा कोलम्बियामाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडण्त निश्चित गरेको हो । साविक विजेता ब्राजिल पेरुलाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ ।
नियमित समयमा १–१ गोलको बराबरी खेलेपछि सिधै पेनाल्टीमार्फत नतिजा छिनोफानो गरिएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले रोकिदिएका थिए । अर्जेन्टिना ३–२ ले विजयी भएको हो । 
यसअघि खेलको सातौं मिनेटमै लियोनल मेस्सीको पासमा लोउटारो मार्टिनेजले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । तर ६१ औं मिनेटमा लुइस डियाजले कोउन्टर एट्याकमा गोल गरी खेल बराबरीमा ल्याएका थिए । 
ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेल रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा आइतबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal