पेनाल्टी सूटआउटमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२३
  • |
  • 1259 पटक हेरिएको

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज विहान सकिएको खेलमा कोलम्बियालाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

Image

निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी गोल भएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो ।

जसमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज नायक रहे । उनले कोलम्बियाका तीन वटा पेनाल्टी प्रहारलाई विफल पारेका थिए । कोलम्बियाका जुआनकाउडार्डो र मिगुएल बोर्जाले गोल गर्दा डेभिनसन सान्सेज, यारी मिना, इडमिन कार्डोनाको प्रहार विफल भएको थियो ।

Image

अर्जेन्टिनाका लागि लियोनल मेसी, लियोनार्दो पिएरडेस, लाउटारो मार्टिनेजेल गोल गर्द रोड्रिगो पौलको प्रहार भने मिस भएको थियो ।

कोलम्यिबाले भने अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ । 

Image

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey