स्पेन र इटालीकाे खेल टाइब्रेकरमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२३
  • |
  • 554 पटक हेरिएको

हाइलाइट्स

लण्डनस्थित वेम्ले रंगशालामा दुबै टिमले निर्धारीत ९० र थप गरिएको अतिरीक्त समयमा एक एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । 

स्पेन र इटालीविचको खेल टाइब्रेकरमा पुगेको छ । 

लण्डनस्थित वेम्ले रंगशालामा दुबै टिमले निर्धारीत ९० र थप गरिएको अतिरीक्त समयमा एक एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । 

खेलको तेस्रो मिनेटमा नै स्पेनका इमिरसनले मिलाएको बलमा बारेलाले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । तर उनी अफसाइड रहेका थिए । 

१४ औं मिनेटमा फेरान टोरेसले २५ यार्डबाट गरेको प्रहार पोष्टको निकै माथिबाट बाहिरीयो । पहिलो हाफमा इटालीलाई दबावमा राखेको स्पेनले पाएका मौकालाई आत्मसाथ गर्न सकेन । ४४ औं मिनेटमा इमिरसनले प्रहार गरेको बलपनि क्रसबारमा लागेर बाहिरीएको थियो । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ औं मिनेटमा स्पेनले अर्को अवसर पाएको थियो । उसका सर्जियो बुस्क्वेट्सले गरेको लामो प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ६० औं मिनेटमा डानी अलावाको प्रहारलाई इटालीका गोलकिपरले बचाए । 

तर त्यसको अर्को मिनेटमा इटालीले काउन्टरमा उत्कृष्ट गोल गर्न सफल भयो । स्पेनको डिफेन्स राम्रोसँग सम्हालिन नपाउँदै फेड्रिको चिसाले गोल गर्न सफल भए । डिबक्सको नजिकैबाट गरेको प्रहारलाई स्पेनीस गोलकिपरले रोक्ने मौका नै पाएनन् । 

एक गोलले पछिपरेको अवस्थामा स्पेनले ६७ औं मिनेटमा उत्कृष्ट गोलको अवसरलाई खेर फाल्यो । स्पेनका ओल्मोले गरेको हेडको प्रयास राम्रोसँग कनेक्ट हुन पाएन । 

६८ औं मिनेटमा इटालीका बेरार्डीको प्रहारलाई स्पेनका गोलकिपर उनेई सिमोनले बचाए । ७७ औं मिनेटमा स्पेनका मोराटाले डिबक्समा पाएको बललाई राम्रोसँग प्रहार गर्न सकेनन् । 

८० औं मिनेटमा इटालीका बेराडीले गरेको प्रहारलाई स्पेनका गोलकिपर उनेई सिमोनले बचाए । उनले बायाँ खुट्टाले गरेको प्रहार सहजै बचाए । तर त्यसको अर्को मिनेटमा स्पेनले खेल बराबरी गर्न सफल भयो । स्पेनका लागि अल्भारो मोराटाले उत्कृष्ट फिनिस गरे । उनले ओल्मोको पासको सदुपयोग गरेका थिए । 

त्यसपछि दुबै टिमबाट निर्धारीत ९० मिनेटमा थप गोल हुन सकेन र खेल अतिरीक्त समयमा लम्बियो । 

९८ औं मिनेटमा स्पेनले पाएको फ्रिकिकमा ओल्मोको प्रहारलाई इटालीका गोलकिपर डोनारुमाले बचाउँदा रिबाउण्डमा मोराटाको प्रहर इटालीका पेसिनाले बचाए । 

एक सय दुई मिनेटमा स्पेनले अर्को आक्रमण बुनेको थियो । मार्कोस लोरान्टाको प्रहारलाई इटाली बोनुचीले बचाए । एक सय १० मिनेटमा इटालीका बेरार्डीले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो । 

त्यसपछि अरु गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey