बेल रियलबाट अर्काे सिजन खेल्ने, कतार बिश्वकपपछि सन्यास लिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 1777 पटक हेरिएको

हाइलाइट्स

बेलले सन् २०२१ र २२ को सिजनपछि नै आफ्नो करियरबाट सन्यास भने नलिने भएका छन । बेलले कतार विश्वकपमा आफ्नो देश छनौट भएको खण्डमा उनले विश्वकप खेलेर करियरबाट सन्यास लिने भएका छन । 

वेल्सका कप्तान ग्यारेथ बेलले अर्को सिजनपनि रियल मड्रिडबाट खेल्ने र त्यो सिजनपछि क्लव फुटबलबाट राजिनामा दिने भएका छन । 

बेलले सन् २०२१ र २२ को सिजनपछि नै आफ्नो करियरबाट सन्यास भने नलिने भएका छन । बेलले कतार विश्वकपमा आफ्नो देश छनौट भएको खण्डमा उनले विश्वकप खेलेर करियरबाट सन्यास लिने भएका छन । 

यहि जुलाई १६ मा बेल ३२ बर्ष पुग्नेछन । अब उनले रियलसँग बाँकी रहेको १२ महिना रियलबाट नै खेल्नेछन । उनले रियलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको प्रशिक्षणमा एक बर्ष खेल्नेछन । 

युरोकपबाट बाहिरीए बेल अहिले बिदा मनाइरहेका छन । सो सकिएपछि उनी रियलको प्रि सिजनमा समावेश हुनेछन । बेलले अघिल्लो सिजन लोनमा टोटनहमबाट खेलेका थिए । उनले आफ्ना साथीहरुसँग आफु फेरी रियलमा नजाने बताएका थिए । 

बेलको सम्झौता रियलसँग २०२२ को जुन ३० तारिखमा सकिनेछ । त्यसपछि कतार विश्वकप नोभेम्बर २१ बाट डिसेम्बर १८ मा हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey