कहिले होला क्यानको आधिकारिक 'टी-२० फ्रेन्चाइजी लिग' वा 'नेपाल प्रिमियर लिग'

-
नेप्लेज
- |
- २०७८-०३-२२
- |
- 1780 पटक हेरिएको
हाइलाइट्स
कम्पनीले क्यानलाई पहिलो बर्षमा दिने भनेको कुल रकमको १५ प्रतिशत एडभान्स दिनुपर्ने, त्यो पनि ६० दिनमा । तर सम्झौता भएको चार महिना भन्दा पनि बढी हुँदासम्म सो कम्पनीले एक रुपैयाँपनि क्यानलाई पठाउन सकेको छैन । उल्टो क्यानले बारम्बार इमेल गरेर जानकारी लिन खोज्दा कोभिडको बहाना गरिरहेको बुझिएको छ ।
करिव आठ महिना अगाडी नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको आयोजनाको लाइसेन्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई १० बर्षका लागि दिएको कुरा सार्वजनिक भएपछि ठुलो आलोचना भयो ।
१० बर्षका लागि ४२ करोड रुपैयाँमा स्वामित्व बचेको कुराले क्यानमाथि चौतर्फी विरोध भयो । त्यो आलोचना भएको करिव सात महिनासम्म अहिले नेपाल प्रिमियर लिग के हुने हो भन्ने एकिन अझै हुन सकेको छैन । यस्तैमा नेपाल प्रिमियर लिग कुनै एक ब्यक्तिको नाममा दर्ता भएको र त्यसलाई क्यानले आफ्नो नाममा नआउँदासम्म टी २० फ्रेन्चाइजी लिग गर्ने भनेर क्यानले केहि महिना अगाडीको बोर्ड बैठकबाट पारित गरेको थियो ।
तर यहि बिचमा काेभिडका कारण लकडाउन हुँदा सबै याेजना ठप्प भएका थिए ।
क्यानले १० बर्षका लागि नेपाल प्रिमियर लिगको लाइसेन्स बिक्रि गरेको एसथ्रीएस कम्पनीले प्रारम्भिक सम्झौता अनुसार काम नगर्दा यतिबेला क्यानका पदाधिकारीमा सो कम्पनीलाई के गर्ने भन्ने ठूलो अन्योल सुरु भएको छ ।
सर्त अनुसार सो कम्पनीले क्यानलाई पहिलो बर्षमा दिने भनेको कुल रकमको १५ प्रतिशत एडभान्स दिनुपर्ने, त्यो पनि ६० दिनमा । तर सम्झौता भएको चार महिना भन्दा पनि बढी हुँदासम्म सो कम्पनीले एक रुपैयाँपनि क्यानलाई पठाउन सकेको छैन । उल्टो क्यानले बारम्बार इमेल गरेर जानकारी लिन खोज्दा कोभिडको बहाना गरिरहेको बुझिएको छ ।
नेपाल प्रिमियर लिग गरेवाफत भारतीय कम्पनीले क्यानले पहिलो बर्ष दुई करोड ५० लाख रुपैयाँ दिने सर्त थियो । सो रकमको १५ प्रतिशत र बैंक ज्ञारेन्टी अझैपनि दिन नसक्दा अब त्यो कम्पनीसँगको सम्झौतालाई के गर्ने भन्ने अन्योलता बढेको छ । यस्तैमा क्यान भित्रकै एकथरी पदाधिकारी यो सम्झौतालाई रद्द गरेर नयाँ तरिकाले जाने भन्नेमा छन भने अर्कोथरी यसैलाई कायम राख्नुपर्छ भन्ने लाइनमा रहेको बुझिएको छ ।
प्रारम्भिक सम्झौता अनुसार नियमको पालना नगरेपछि क्यानलाई पनि सो सम्झौता तोड्नका लागि बाटोपनि खुलेको छ । तर अझै क्यान भने के गर्ने भन्ने निचोडमा पुग्न सकेको छैन ।
एनपीएल आयोजना गरेबापत पहिलो वर्ष २ करोड ५० लाख, दोस्रो वर्ष २ करोड, तेस्रो वर्ष २ करोड ५० लाख हुँदै १० वर्षका लागि ४२ करोड रकम दिने भन्ने सहमती भएकाे थियाे ।
दसौं तथा अन्तिम वर्ष एसथ्रीएसले एनपीएल गरेबापत क्यानलाई ७ करोड ५० लाख दिनुपर्ने ड्राफ्ट अर्थात प्रारम्भिक सम्झौतामा लेखिएको छ । सम्झौताअनुसार एसथ्रीएसले प्रत्येक वर्ष जुनियर प्रिमियर लिगको दस संस्करण पनि आयोजना गरिदिने भनेको छ ।
के भन्छन अध्यक्ष चतुरबहादुर चन्द नेपाल प्रिमियर लिगकाे बारेमा