पाँच बर्षपछि काेपा अमेरीकाकाे फाइनलमा पुग्ने लक्ष्यमा अर्जेन्टिना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२२
  • |
  • 1437 पटक हेरिएको

हाइलाइट्स

अर्जेन्टिना अन्तराष्ट्रिय खेलमा लगातार १८ खेलमा अपराजित रहेको छ । उसले ११ खेलमा जित निकाल्दा सात खेलमा बराबरी खेलेको छ । 

कोपा अमेरीकाको फाइनल प्रवेशका लागि भोली विहान अर्जेन्टिना र कोलम्बियाविच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार विहान पौने सात बजेबाट सुरु हुनेछ । 

सन् २०१६ पछि कोपा अमेरीकाको फाइनलमा पुग्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई तीन शुन्यले हराएको थियो । प्रतियोगिताको पहिलो खेलमा चिलीसँग एक एकको बराबरी खेलेपनि अर्जेन्टिनाले त्यसपछि लगातार चार खेलमा जित निकालेका थियो । जसमा उसले आठ गोल गर्दा एक गोल पनि खाएको छैन ।

अर्जेन्टिना अन्तराष्ट्रिय खेलमा लगातार १८ खेलमा अपराजित रहेको छ । उसले ११ खेलमा जित निकाल्दा सात खेलमा बराबरी खेलेको छ । अर्जेन्टिनाका लागि लउतारो मार्टिनेज, लियोनल मेस्सी र सर्जियो अगुइरोको कम्बिनेसन कोलम्बियाका लागि घातक हुन सक्नेछ । देशका लागि पहिलो उपाधि जित्न लालायित रहेका मेस्सीको प्रदर्शन यो प्रतियोगितामा निकै उत्कृष्ट रहेको छ । 

यता कोलम्बियाले प्रतियोगितामा आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेको छैन । ब्राजिल र पेरुसँग पराजित भएको कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टीमा हराएको थियो । 

कोलम्बिया र अर्जेन्टिना कोपा अमेरीकाको सेमिफाइनलमा पछिल्ला तीन संस्करणमा दुई पटक खेलेका छन । अहिलेसम्म यी दुई टिम ४० खेल खेल्दा २३ पटक अर्जेन्टिनाले जितेको छ भने नौ खेल कोलम्बियाको पक्षमा गएको छ । अन्तिम पटक यी दुई टिम गत महिना खेलेका थिए । जसमा दुई दुईको बराबरी भएको थियो ।

पछिल्ला पाँच खेलमा अर्जेन्टिनाले चारमा जित र एक बराबरी खेल्दा कोलम्बिया भने दुई जित, दुई हार र एक बराबरी खेलेको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey