महिला भलिबल टिमको म्यानेजरमा केसी नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२०
  • |
  • 1182 पटक हेरिएको

नेपाली महिला भलिबल टिमको ब्यवस्थापक(म्यानेजर)मा ज्योती केसीलाई नियुक्त गरिएको छ ।

संघकी सदस्यसमेत रहेकी केसीले फिलिपिन्समा आउँदो भदौमा हुने एसियन महिला भलिबल च्इाम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको टिमको व्यवस्थापकको जिम्मेवारी पाएकी हुन् ।

नेपाल भलिबल संघको आइतबार बसेको बैठकले यसअघि म्यानेजर रहेकी निरोज मास्केले दिएको राजिनामा स्वीकृत गर्दै केसीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

संघका कार्यबहाक अध्यक्ष याम गुरुङले यसअघि म्यानेजर पदमा रहेकी मास्कलेले घरायसी कारण देखाउँदै राजिनामा दिएकाले उनको स्थानमा केसीलाई नियुक्त गरिउको जानकारी दिए ।  

संघको बैठकले पहिलो चरणमा बन्द प्रशिक्षणमा सहभगि भएर अन्तिम १८ मा नपरेका खेलाडीहरुलाई प्रशिक्षण भत्ता दिने निर्णय पनि गरेको छ । यसैगरी पहिला म्यानेजर रहेकी मास्कले गरेको खर्च पनि अनुमोदन गरेको छ । 

भलिबल संघका सचिव मनविर छन्त्यालको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले १८ जना खेलाडी छनोट गरेको छ । यही टिमबाट एसियन च्याम्पियनसिपका लागि अन्तिम १४ को लिस्ट सार्वजनिक हुने छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey