नेपाली फुटबल टिमकाे प्रशिक्षण सुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२०
  • |
  • 1131 पटक हेरिएको

हाइलाइट्स

प्रशिक्षक अब्दुल्लाहले सुरुवाती चरणमा ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन ।

आसन्न साफ च्याम्पियनसिप र एशियन कप छनौटका लागि नेपाली राष्ट्रिय फुटबलको प्रारम्भिक टिमले प्रशिक्षण सुरु गरेको छ । 

यसअघि जुलाई एक तारिखबाट प्रशिक्षण गर्ने बताएपनि केहि खेलाडीमा कोरोना देखिएकाले सारिएको थियो । तर एन्फाले आइतबारबाट प्रशिक्षण सुरु गरेको बताएको छ । 

प्रशिक्षक अब्दुल्लाहले सुरुवाती चरणमा ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन ।

यहि खेलाडीबाट बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि र एशियन कप छनौटका लागि अन्तिम टिम बनाइनेछ । 

टिममा बाेलाइएका खेलाडी

जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal