१५ पल्टको च्याम्पियन उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२०
  • |
  • 1513 पटक हेरिएको

उपाधि दावेदार उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

आज विहान भएको खेलमा उरुग्वेको कोलम्बियासँग पेनाल्टी शुटआउटमा पराजय ब्यहोरेको हो । 

१५ पल्टको विजेता उरुग्ले सन् २०११ देखि कोपा अमेरिका उपाधिको खोजीमा छ ।

तर क्वाटरफाइनलमै पराजित भएपछि उसको उपाधि प्रतीक्षा कम्तिमा चार वर्ष धकेलिएको छ । 

ब्रासिलियाको राष्ट्रिय रंगशालामा भएको खेलमा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् ।

पेनाल्टी शुटआउटमा कोलम्बिया ४–२ गोलले विजयी भयो ।

कोलम्बियाका सबैले पेनाल्टीमा गोल गर्दा उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजले मात्र गोल गरे ।

सेमिफाइनलमा कोलम्बियाले अर्जेन्टिना र इक्वेडरबीच अन्तिम क्वाटरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey