Mega Bank

दक्षिण अफ्रिकाले जित्यो टी २० सिरिज 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-२०
  • |
  • 355 पटक हेरिएको


वेस्टइन्डिजविरुद्धको टी २० सिरिज दक्षिण अफ्रिकाले जितेको छ । पाँच म्याचको टी २०मा दक्षिण अफ्रिकाले ३–२ ले सिरिज आफ्नो पक्षमा पारेको थियो ।

शुरुको टी २० वेस्टइन्डिजले जिते पनि दोस्रो र तेस्रो टी २० जित्दै दक्षिण अफ्रिकाले जित्दै सिरिजमा २–१ को अग्रता बनाएको थियो ।

तर चौथो टी २० वेस्टइन्डिजले जिते पछि सिरिजको छिनोफानो अन्तिम टी २० बाट आएको हो । अन्तिम टी २० मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजमाथि २५ रनको जित दर्ता गर्न सफल भयो ।

दक्षिण अफ्रिकाले ४ विकेटको नोक्सानीमा बनाएको १६८ रनको जवाफी व्याटिङमा वेस्टइन्डिज ९ विकेट गुमाएर १४३ रनमा रोकिएको थियो ।

दक्षिण अफ्रिका लागि एडन मार्करमले सर्वाधिक ७० रन बनाउँदा क्वन्टन डी ककले ६० रनको योगदान गरे । यसैगरी डेभिड मिलर १८ रनमा नटआउट रहेका थिए । फिडेल एडवार्डले २ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज इभन लुइसले अर्धशतकीय पारि खेलेका थिए ।

उनी ५२ रनमा पभेलियन फर्किदा सिमरोन हटमायरले ३३ रनको योगदान गरे । तेस्रो सर्वाधिक रन बनाएका निकोलस पुरनको २० रनले टिमलाई जित दिलाउन पर्याप्त बनेन् ।

अफ्रिकाका लुंगि एनगिडीले तीन विकेट लिँदा कागिसो राबडा र वियान मुल्डरले समान दुई दुई विकेट लिए ।

 

भर्खरै

Advertisement