केनको २ गोल,  इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२०
  • |
  • 1014 पटक हेरिएको

युरो २०२० मा क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डले युक्रेनमाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा कप्तान हेरि केनले २ तथा हेरि मगाएर र जोडर्न एन्डरसनले एक एक गोल गरेका थिए ।

शुरुदेखि नै युक्रेनमाथि दबाव कायम राखेको इंग्ल्याण्डलाई केनले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

रहिम स्र्टलिङको एसिस्टमा केनले गोल गरेका हुन् । सोही अग्रता पहिलो हाफमा कायम राखेको इंग्ल्याण्डले दोस्रो हाफमा अरु तीन गोल थपेको थियो ।

Image

४६ औं मिनेटमा हेरि मगाएरले गोल थपेपछि इंग्ल्याण्डले अग्रता दोब्बर बनाएको थियो ।

५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।

६३ औं मिनेटमा हेन्डरसनले गोल थपेपछि इंग्ल्याण्ड ४–० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डले सेमिफाइनमा डेनमार्कसँग प्रतिस्पर्धा गर्ने छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey