ओलि रबिन्सन ८ म्याचको प्रतिबन्धमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१९
  • |
  • 1007 पटक हेरिएको

इंग्ल्याण्डका लागि पछिल्लो महिनामात्रै टेस्ट क्रिकेटमा डेब्यु गरेको ओली रबिन्सन ८ म्याचको प्रतिबन्धमा परेका छन् ।

८ वर्ष अघिको विवादित ट्वीटका कारण उनी ८ म्याचको प्रतिबन्धमा पर्नुका सार्थ ३२ सय पाउन्ड पनि तिर्नु पर्ने भएको छ ।  इंग्ल्याण्ड क्रिकेट बोर्डले उनलाई आठ म्याच छानेर प्रतिबन्धको घोषणा गरेको छ ।

जस अनुसार भारतविरुद्ध अगस्टमा शुरुहुने टेस्ट सिरिज उनले खेल्ने छन् । रोबिन्सनलाई गरिएको ८ म्याचको प्रतिबन्ध अनुसार उनले एक म्याच न्यूजिल्याण्डविरुद्ध रहेको थियो । भने २ म्याच टी २० ब्लास्टमा खेल्न पाएनन् ।

बाँकी प्रतिबन्ध आगामी दुई बर्ष भित्र भुक्तान गर्नुपर्ने छ ।

रोबिन्सनले गत महिना न्यूजिल्याण्डविरुद्ध शानदार डेब्यु गरेका थिए । लर्ड्समा डेब्यु खेलमा उनले सात विकेट लिएका थिए । डेब्यु पछि पुरानो ट्वीट सार्वजनिक भएपछि उनी इंग्ल्याण्ड टिमबाट बाहिर भएका थिए ।

पछि उनले उक्त प्रकरणमा माफि भने मागेका थिए ।
२०१२–१३ रेसिजमबारे नकारात्मक टिप्पणी गरेका थिए । उनले त्यतिबेला आफूले जानि बुझी त्यस्तो नगरको प्रष्टिकरण दिएका थिए । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey