Mega Bank
Prabhu Bank

ए डिभिजन लिग जित्ने गरि हामी तयारीमा छौं : एनआरटी 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-१९
  • |
  • 2355 पटक हेरिएको

पाँच पटकको ए डिभिजन लिग विजेता न्यूरोड टिम एनआरटीले असोज ३ गतेबाट शुरुहुने सहीद स्मारक ए डिभिजन लिग फुटबलको तयारी थालेको छ ।

विगतमा आर्थिक अभावका कारण २०६५ सालमा बी डिभिजनमा झर्ने निर्णय गरेको क्लब २०७३ सालमा ए डिभिजनमा बढुवा भएको थियो । क्लबको आर्थिक भार अत्याधिक भएपछि त्यतिबेला आफै बी डिभिजनमा झरेको क्लबले २०७३ को बी डिभिजन लिग खेल्दै ए डिभिजनमा उक्लिएको थियो ।

त्यसपछि केही समय लिग नहुँदा एनआरटीले आफूलाई रिभाईभ गर्नका लागि मौका पायो । २०७६  सालको लिगमा एनआरटी आठौं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । कोरोना महामारीका कारण २०७७ को लिग नै एन्फाले सञ्चालन गर्न सकेन ।

अहिले २०७८ को लिग असोज ३ गतेदेखि शुरु गर्ने भनि तालिका प्रकाशित गरेपछि एनआरटीले पनि आफ्नो तयारी तीब्र पारेको हो । एनआरटीले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि हालै भएको नेपाल सुपर लिग एनएसएलमा काठमाडौं रेजर्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्यामरुनी खेलाडीहरु मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गर्दै सार्वजनिक गरेको छ । उनीहरुलाई के कति रकमा अनुबन्ध गरिएको त्यो नखुलाइए पनि उनीहरु कम्तिमा ८ महिना एनआरटीमा रहने भने पक्का छ ।


विभिन्न उतार चढाव देखेको एनआरटीले आउँदो लिग जित्ने गरि खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरेको क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताएका छन् । खेलाडी सार्वजनिक कार्यक्रममा उनले भने ‘हामीले धेरै कुराहरु भोगेका छौं, अब त्यसबाट पाठ सिक्दै क्लबलाई पनि आर्थिरुपमा सम्पन्न गराउने र नेपाली फुटबललाई पनि माथि उठाने अभियान अन्र्तगत आसन्न लिगलाई लिएका छौं ।’ क्लबका अध्यक्ष जोशीले सार्क क्षेत्रबाट पनि खेलाडी राख्न पाउने प्रावधान अनुसार पहल भइरहेको पनि जानकारी दिए ।

No description available.

 

प्रमुख प्रशिक्षकमा राजुकाजी शाक्यसहित एनआरटीका पुराना खेलाडीहरुलाई पनि निरन्तरता दिइएको उनले बताए । एनआरटीबाट दर्शन गुरुङ, एरिक विष्ट लगाएतले खेल्ने उनको भनाई थियो । 

अध्यक्ष जोशीले आसन्न लिगका लागि कम्तिमा १ करोड ५०–६० लाख खर्च हुने पनि बताए । तर अहिले नै बजेट फाइनल भने भइनसकेको जानकारी दिए । क्लब नयाँ तरिकाले अगाडि बढ्न लागेकाले प्रायोजक लगाएत व्यवस्था गर्नका लागि पहल भइरहेको पनि उनको भनाई थियो । अहिलेको अवस्थामा एन्फाले दिने लिग तयारी खर्च, काठमाडौं महानगरपालिकाको अनुदान लगाएतमा टिम अगाडि बढ्ने र आर्थिक हिसाबले पनि सबल हुने गरि काम पनि भइरहेको बताए । साथै यसपटक उपाधि जित्ने र त्यसले गर्दा क्बललाई पनि आर्थिक भार कम हुने उनको विश्वास थियो । 

एनआरटीले प्रशिक्षकमा राजुकाजी शाक्यलाई नै निरन्तरता दिएको प्रष्ट पारेको छ । प्रशिक्षक शाक्यले आज अनुबन्ध भएका दुई विदेशी खेलाडी उत्कृष्ट रहेको बताउँदै लिगमा उनीहरुको प्रदर्शन कस्तो रहन्छ त्यो भने पछि थाहा हुने बताए । एनएसएलको प्रदर्शनका आधारमा क्लबले उनीहरुलाई अनुबन्ध गराएको पनि उनको भनाई थियो । 

No description available.

एनआरटीमा आवद्ध भएका दुवै विदेशी खेलाडीहरुले ए डिभिजनका लागि आफूहरु उत्साहित रहेको र शतप्रतिशत दिएर खेल्ने बताए । 

No description available.

कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आसन्न ए डिभिजन लिगको रौनक ल्याउने शुरुवात एनआरटीबाट भएको भन्दै खुसी व्यक्त गरे ।  अहिलेको विषम परिस्थीतिमा पनि नेपालको लिग सञ्चालन गर्नका लागि असोज ३ गतेको मिति घोषणा गरेको पनि अध्यक्ष शेर्पाको भनाई थियो । साथै उनले सहीद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग पनि सँगसँगै सञ्चालन गर्ने गरि मिति पनि घोषणा गरेको स्मरण गराए । ए डिभिजन लिग र राष्ट्रिय लिगका लागि सबै क्लबहरु पनि तयार रहेको उनको भनाई थियो ।

सधैं लिग छोटो भयो भन्ने गुनासोलाई यस पटक सम्बोधन गरिएको पनि अध्यक्ष शेर्पाले बताए । उनले भने ‘लिगलाई लामो समय सञ्चालन गर्ने गरि हामीले कार्यक्रम पनि बनाएका छौं ।’ तर कार्यतालिका बनाउनका लागि भने आफूहरुलाई धेरै समस्या भएको पनि उनले सुनाए । उनले अगाडि भने ‘विश्वकप छनोट, साफ च्याम्पियनसिप लगाएतका प्रतियोगिताले गर्दा यसलाई मिलाउनु पर्ने अवस्था पनि आयो ।’ 

No description available.

नेपाल अहिले एशियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेकाले यो समय सदुपयोग गर्ने बेला आएको पनि  अध्यक्ष शेर्पाको भनाई थियो । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले क्लब लाइसेन्सिङका लागि एनआरटीले पनि तदारुकता देखाएको जानकारी दिएका थिए । उनले एनआरटी र ल्याब स्कुलकोबीचमा सम्झौता गरेर युथ एकेडेमी पनि सञ्चालन गर्न लागेको बताए ।  उनले यो वर्ष विभागीय बाहेक अरु ६ वटा क्लबले एकेडेमी सञ्चालन गर्ने पनि जानकारी दिएका थिए । 

No description available.

भर्खरै

Advertisement