युरो २०२० क्वाटरफाइनलका अन्तिम दुई खेल आज

चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१९
  • |
  • 788 पटक हेरिएको

युरो २०२० अन्तर्गत क्वाटरफाइनलका अन्तिम दुई खेल आज राति हुने भएका छन् ।

नेपाली समय अनुसार राति पौने १० बज चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा हुने छ ।

डेनमार्कले राउण्ड अफ सिक्सटीनमा वेल्समाथि ४–० को फराकिलो जित निकाल्दा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २–० ले पराजित गरेको थियो ।
आजै राति पौने १ बजे युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।

इंग्ल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दा स्वीडेनमाथि युक्रेनले अतिरिक्त समयमा २–१ गोल अन्तरको जित दर्ता गरेको थियो ।

युरो २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा स्पेन र इटाली विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey