ब्राजिल काेपा अमेरिकाकाे सेमिफाइनलमा प्रवेश

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१९
  • |
  • 1017 पटक हेरिएको

कोपा अमेरिका अन्तर्गत ब्राजिक सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेको हो ।

लुकास टोलिटिनोले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफमा गोल निस्किएको थियो ।

Image

४६ औं मिनेटमा टोलिटिनोले गोल गरेका थिए । ब्राजिल दोस्रो हाफ पुरै १० खेलाडीमा झरेको थियो ।

ग्याब्रिएल जेसस ४८ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

Image

ब्राजिल भन्दा चिलीले बल नियन्त्रण लगाएत हरेक कुरामा अगाडि राखेको थियो ।

कोपा अमेरिका अन्तर्गत गएराति भएको खेलमा पेरु पेनाल्टी सूटआउटमा ४–३ गोल अन्तरले विजयी भएको छ ।

निर्धारित समयमा पेरु र पाराग्वे दुवै टिमले तीन तीन गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey