पेनाल्टी सूटआउटमा जित निकाल्दै स्पेन युरो २०२० को सेमिफाइनलमा 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१९
  • |
  • 1244 पटक हेरिएको

युरो २०२० मा स्पेन सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ ।

शुक्रबार राति भएको खेलमा स्पेन र स्वीट्जरल्याण्डबीचको खेल निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । स्वीट्जरल्याण्ड भने १० खेलाडीमा झरेको थियो ।  

स्पेनले आत्मघाति गोलमार्फत आठौं मिनेटमा अग्रता बनाएको थियो भने स्वीट्जरल्याण्डले ६८ औं मिनेटमा बराबरी गोल गरेको थियो । त्यसपछि लगातार आक्रमण भएपनि गोल नभएपछि पेनाल्टी सूटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले जित दर्ता गर्दै स्पेन सेमिफाइनलमा प्रवशे गरेको छ ।

स्पेन कप्तान सर्जियो बुस्केटले पहिलो प्रहार गरेका थिए । तर उनको प्रहार बारमा लागेर बाहिर गएको थियो । स्वीट्जरल्याण्डका मारियो गार्भानिभले पहिलो गोल गरेका थिए । 

स्पेनका डेनियल ओल्मोको प्रहार गोलमा परिणत भएको थियो । स्वीट्जरल्याण्डका फावियन सेचरको प्रहार खेर गयो भने स्पेनका रोड्रिगो हर्नान्डेजको प्रहारले पनि दिशा लिएन ।

स्पेनका जेराड मोरोनो र मिकेल वेजबले गोल गर्दा स्वीट्जरल्याण्डका मेनुयल अकान्जी र रुवेन भर्गासको प्रहार खेर गएको थियो । 
 सेन्ट पिटर्सबर्ग स्टेडियममा स्पेनले पहिलो हाफमा भने ७५ भन्दा माथि स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै शुरुदेखि नै स्वीट्जरल्याण्डमाथि दबाब बनाएको थियो । 

आठौं मिनेटमा जोडी अल्बाले गरेको प्रहार डेनिस जाकरियालाई लागेर गोल भएको थियो । सोही आत्मघाति गोलले पहिलो हाफमा स्पेनले अग्रता बनाएको हो । 
स्पेन २७ औं मिनेटमा काउन्टर एट्याक गर्दा गोल गर्नबाट चुकेको थियो । ३३ औं मिनेटमा स्वीसका रिकार्डो रोड्रिगेजले स्पेनका सम्भावित खतरा टारेका थिए । ३९ औं मिनेटमा स्वीसका साकिरीको एसिस्टमा आएको बललाई स्टेभन जुबेरले प्रहार गर्दा क्रसबारमा लागेर बाहिरिएको थियो । 
दोस्रो हाफमा भने स्वीट्जरल्याण्डले स्पेनमाथि आक्रामक खेले खेलेको थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा बल पोसेसन सुधार गरेको खेलमा स्वीट्जरल्याण्डले ३५ प्रतिशत लिएको थियो ।

रिकार्डो रोड्रिगेजले ५७ औं मिनेटमा गरेको प्रहारलाई डेनिस जकारियाले नजिकैबाट गोल हुन जोगाएका थिए ।  ६४ औं मिनेटमा स्वीट्जरल्याण्डका रुवेन भर्गासले काउन्टर एट्याकमा स्टेभन जुबेरले प्रहार गरेको बल किपरले जोगाएका थिए ।

Image

६८ औं मिनेटमा जाडन साकेरीले उत्कृष्ट गोल गरेपछि स्वीट्जरल्याण्डले एक एक गोलको बराबरी गर्न सफल भयो । 
७७ औं मिनेटमा स्वीट्जरल्याण्ड १० खेलाडीमा झरेको थियो । रुमो फुलरले जेरार्ड मोरेनोमाथि खराब ट्याक्कल गरेपछि रातो कार्ड पाएका थिए । 
अतिरिक्त समयमा पनि दुवै टिमले लगातार आक्रमण गरेका थिए । जसमा स्पेनको पोस्ट प्रहार बढी रहेको थियो । ९४ औं मिनेटमा जोडी अल्वा र जेरार्ड मोरेनोको प्रहार पनि गोल हुन बाट जोगिएको थियो । ९८ औं मिनेटमा माइकल ओरेजबलले पनि उत्कृष्ट प्रहार गरेका थिए । 
१०९ औं मिनेटमा स्वीटजरल्याण्डका लागि केभिन मेबाबुले गरेको काउन्टर अट्याकमा गोल गर्न असफल भएको थियो ।   लगातार दुवै टिमले पाएको मौका सदुपयोग गर्न नसक्दा खेल पेनाल्टी सूटआउटबाट निकालिएको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey