‘पार्कीलाई अन्याय गर्ने खेल संघका पदाधिकारीलाई पदमा बस्ने नैतिकता छैन’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१८
  • |
  • 2761 पटक हेरिएको

नेपाल लोकतान्त्रिक खेलकुद संघले पनि गोपीचन्द्र पार्कीले ओलम्पिक खेलमा सहभागिता जनाउने नपाउने विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सचिव मनिष (राम) जोशीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ओलम्पिकको नजिकै आएर पुरुषको स्थानमा महिलालाई कोटा प्रदान गरेको र पार्कीको स्थानमा महिला खेलाडी सरस्वती चौधरीलाई सहभागिता गराउने भन्ने ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सस्दस्य सचिव रमेश कुमार सिलवाल र नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहको संयुक्त हस्ताक्षरयुक्त बिज्ञप्ती जारी हुनुले नेपालमा खेल र खेलाडीको नाममा राज गर्दै र ओहदा कब्जा गर्दै खेल र खेलाडीको नाममा लुटतन्त्र कायम गर्दै आएका ब्यक्तिहरुको चरित्र उदाङ्गो भएको उल्लेख गरेका छन् ।

ओलम्पिकमा गोपीचन्द्र पार्की प्रकरण : खेलाडी संघले भन्यो यो अन्याय भयो

उनले खेलाडीहरुको सवै भन्दा ठ्रलो लक्ष्य र सपना भनेको खेलको कुम्भ ओलम्पिकमा सहभागिता जनाउनु रहेको बताउँदै त्यसमाथि ओलम्पिकमा नाम दर्ता भएको र त्यसका लागि लामो समयदेखि तयारीमा लागेका खेलाडीले अन्तिममा आएर खेलबाट बञ्चित हुनु पर्दाको पिडा कस्तो हुन्छ ? भनि प्रश्न पनि गरेका छन् ।

एक्कासी खबर आयो पत्याउनै गाह्रो भयो : सरस्वती चौधरी 

लोकतान्त्रिक खेलकुद संघले तयारी विनै सरस्वतीलाई किन पठाइएको भन्दै र यसले अन्तर्राष्ट्रियस्तरमा सहभागिताका लागि सहभागितामात्र हुने पनि उल्लेख गरको छ । 

पौडी र एथलेटिक्सको सहभागिता ओलम्पिकमा अनिवार्य हुने भएका कारण धेरै अगाडिदेखि पौडीबाट गौरिका सिंह र एलेक्स शाह र एथलेटिक्सबाट गोपी चन्द्र पार्कीको नाम सिफारिस भएको थियो । 

संघले पार्की प्रकरणले गैर जिम्मेवार रुपमा खेल र खेलाडीको नाममा लुटेर खान पल्केका नेपाल ओलम्पिक कमिटिका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघ सजायको भागिदार रहेको बताउँदै सरकारसंग यस्तो गैर जिम्मेवार कार्य गर्दै आएका ब्यक्तिहरु उपर कडा भन्दा कडा कार्यवाहीको माग पनि गरेको छ ।

ओलम्पिकमा राजनीतिः गोपीको नाम कटाएर सरस्वतीलाई पठाइयो 

साथै खेलाडीको जीवनसंग खेलवाड गर्ने ब्यक्तिहरुलाई नैतिकताका आधारमा त्यस स्थानमा बसिरहन कुनै पनि कारणले उचित नहुने भएकोले तुरुन्त राजीनामा दिन पनि माग गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal