स्पेनको सहज प्रतिद्वन्द्वी स्वीट्जरल्याण्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१८
  • |
  • 1532 पटक हेरिएको

युरो २०२० अन्तर्गत सेमिफाइनल प्रवेशका लागि आज राति स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदै छ ।

यो खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरुहुने छ । आजको विजेताले फाइनल प्रवेशका लागि इटाली र बेलिज्यमबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

स्वीट्जरल्याण्डले ६७ बर्ष पछि पहिलो पटक ठूलो प्रतियोगिताको नकआउट चरणमा प्रतिस्पर्धा गरिरहेको छ ।

राउण्ड अफ सिक्सटीनमा फ्रान्सलाई पेनाल्टी सूटआउटमा स्तब्ध बनाउँदै स्वीट्जरल्याण्डले अन्तिम आठमा आफ्नो टिकट पक्का गरेको थियो ।

फ्रान्सविरुद्ध जस्तै अप्रत्यासित नतिजा स्पेनविरुद्ध निकाल्ने रणनीतिका साथ मैदान उत्रने अपेक्षा गर्न सकिन्छ । 

उता, समूह चरणमा शुरुका दुई खेलमा सामान्य प्रदर्शन गरेको स्पेनले समूह चरणको तेस्रो र पछिल्लो खेलमा क्रोएशियाविरुद्ध सानदार प्रदर्शन गरेको थियो ।

क्रोएशियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । चौथो पटक युरो जित्ने अभियानमा रहेको स्पेनले अब स्वीट्जरल्याण्डलाई पछाडि पार्नु पर्ने छ ।

स्पेन र स्वीट्जरल्याण्डबीच २२ पटक भिडन्त हुँदा स्पेनले २१  पटक जित हात पारेको छ । सन् २०१० मा समूह चरणमा स्वीट्जरल्याण्डसँग स्पेन पराजित भए पनि अन्ततः विश्वकपको उपाधि स्पेनले नै जितेको थियो ।

त्यो विश्वकप जित्ने टिमका एक जना सदस्य अहिले पनि स्पेनबाट खेलिरहेका छन् । उनी हुन् सर्जियो बुस्केट्स । यसैगरी २०१२ को युरो जित्दाको टिमका खेलाडी जोर्डी अल्बा पनि रहेका छन् ।

बुस्केट्स र अल्बाका कारण पनि स्पेन टिम मबजुत मानिएको छ । 

स्वीट्जरल्याण्ड अन्तिम १६ बाट आउट हुनै लाग्दा अन्तिम समयको गोलले अतिरिक्त समय हुँदै पेनाल्टी सूटआउटमा पुग्दा फ्रान्सका एम्बाप्पको प्रहार सेभ भएपछि भाग्य खुलेको हो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey