एक खेल अगावै इंग्ल्याण्डलाई सिरिज 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१८
  • |
  • 958 पटक हेरिएको

श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज एक खेल अगावै इंग्ल्याण्डले जितेको छ ।

पहिलो खेलमा पाँच विकेटको जित निकालेको इंग्ल्याण्डले गएराति भएको दोस्रो खेलमा पानि ८ विकेटको शानदार जित निकाल्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।

आइतबार तेस्रो अन्तिम एक दिवसीय हुने छ । उक्त खेल पनि जित्दै सिरिज क्लिनस्वीप गर्ने अभियानमा इंग्ल्याण्ड हुने छ ।

ओभलमा श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्डले ४२ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर विजयी भयो ।

इंग्ल्याण्डको जितमा इयोन मोर्गन र जोय रुटले नटआउट १४० रनको साझेदारी गरेका थिए ।

मोर्गन ७५ तथा रुट ६८ रनमा नटआउट रहे । जेशन रोय र जोनी वेरिस्टोले पहिलो विकेटका लागि ७६ रनको बलियो साझेदारी गरेका थिए ।

वेरिस्टो २९ रन बनाएर पहिलो विकेटका रुपमा पभेलियन फर्किएका थिए । 

रोय ६० रन जोडेर टिमको स्कोर १०४ रन भएका बेला आउट भएका थिए । त्यसपछि मोर्गन र रुटले इंग्ल्याण्डलाई शानदार जित दिलाए ।

श्रीलंकाका वेनेन्डु हसरंगा र चामिका करुणारत्नेले एक एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

उसका लागि धनञ्जय डी सिल्भाले ९१ रन जोड्दा डासुन सनकाले ४७ रनको पारि खेले । इंग्ल्याण्डका साम करणले पाँच तथा डेभिड विलीले ४ विकेट लिएका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey