तेह्र फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ, ७ को आउन बाँकी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१७
  • |
  • 1247 पटक हेरिएको

कोरोना भाइरसबाट संक्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ ।

यसअघि खेलाडी तथा पदाधिकारीको गत साता कोरोना परीक्षण गर्दा २०  जनाको रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि विहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने प्रबक्ता राईले बताए ।

साफ च्याम्पियनसिप र एएफसी एसियन कपको छनोटको तयारी गर्न भन्दै बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । 

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका थिए । प्रशिक्षण दुई चरणमा हुने छ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपरान्ह अभयास गर्ने छ । 
बन्द प्रशिक्षणका लागि अर्पण  कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट हुनुभएको छ । 
यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा परेका छन् ।

यस्तै अन्य खेलाडीहरुमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका छन् ।  एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप आगामी सेप्टेम्बर १४ देखि २५ तारिखसम्म बंगलादेशमा हुनेछ भने एसियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey