माइसेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टिम र डेब्युटेन्ट खेलाडीलाई नगद सहयोग 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१७
  • |
  • 1007 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गर्दै आएको माइसेकेन्ड टिचरले नेपाली राष्ट्रिय क्रिकेट टिम र हालै डेब्यु गरेका खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच माइसेकेन्ड टिचरले गत बैशाखमा भएको नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको टी २० सिरिज जितेको नेपाली टिमलाई नगद पाँच लाख रुपैयाँ प्रदान गरेको हो ।

यसैगरी सोही सिरिजमा डेब्यु गरेका चार जना नेपाली खेलाडीहरुलाई जनही एक लाखरुपैयाँ पनि पाएका छन् । नेपाली टिमले पाएको पाँच लाख रुपैयाँको चेक कप्तान ज्ञानेन्द्र मल्लले बुझेका थिए । उक्त पुरस्कार यसअघि नै घोषणा गरिए पनि निषेधाज्ञाका कारण विहीबार मात्रै प्रदान गरिएको हो । 

त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट स्टेडियम , कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डडस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

No description available.

कार्यक्रममा कप्तान मल्लले पुरस्कारबाट टिमको हौसला बढेको बताएका थिए ।

कार्यक्रममा इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बैशाखमा भएको ट्राई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा आफू निकै उत्साहित भएको बताए ।

No description available.

नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्ती र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्र्तराष्टिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको पनि बताए ।

No description available.
      
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey