६१ वर्षको युरोको इतिहासमा १८ गोल आत्मघाति, २०२० मा सर्वाधिक धेरै 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१७
  • |
  • 1102 पटक हेरिएको

युरोपेली च्याम्पियनसिप सन् १९६० देखि शुरु भएको हो ।

६१ बर्षको इतिहासमा अहिलेसम्म १८ वटा आत्मघाति गोल भएका छन् । पहिलो आत्मघाति गोल १९७६ मा भएको थियो । दोस्रो आत्मघाति गोल हुन भने २० बर्ष लागेको थियो । त्यसपछि हरेक जसो युरोमा आत्मघाति गोल भए पनि २००८ मा भने यस्तो कुनै पनि आत्मघाति गोल  भएन । 

१९७६ मा पहिलो पटक आत्मघाति गोल भए यता युरो २०२० शुरुहुनु पूर्व यो संख्या ९ रहेको थियो । तर जारी युरो २०२० मा ९ गोल आत्मघाति भइसकेको छ । युरो २०२० सर्वाधिक आत्मघाति गोलका कारण पनि चर्चामा आउने छ । 

१९७६ मा एन्टोन ओन्ड्रोसले नेदरल्याण्ड्सविरुद्ध आत्घाति गोल गरेका थिए । युरोको इतिहासमा यो नै पहिलो आत्मघाति गोल हो । चेकोस्लोभाकियाले ७३ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरको थिए ।
 ल्यूबोस्लाभ पेनेव आत्मघाति गोल गर्ने दोस्रो खेलाडी हुन् । बुल्गेरिकाय पेनेवले सन् १९९६ मा फ्रान्सविरुद्ध ६३ औं मिनेटमा आत्मघाति गोल गरेका थिए ।

सन् २००० मा पनि एउटा मात्रै आत्मघाति गोल भएको थियो । त्यतिबेला युगोस्लोभियाका डेजेन गोवदरिकाले नेदरल्याण्ड्सविरुद्ध खेल्दा ५१ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए ।

चौथो आत्मघाति गोलको रुपमा क्र्रोएशियाका इगोर टुडोरको नाममा रहेको छ । उनले सन् २००४ को युरोमा फ्रान्सविरुद्ध २२ औं मिनेटमा आत्मघाति गोल गरेका थिए । २००४ मा अर्को एउटा पनि आत्मघाति गोल भएको थियो । त्यतिबेला घरेलु टोली पोर्चुगलका जर्ज आन्ड्रेडले नेदरल्याण्ड्सविरुद्ध ६३ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए । 

सन् २००८ को युरोमा कुनै पनि आत्मघाति गोल भएन ।

२०१२ को युरोमा इंग्ल्याण्डका ग्लेन जोनसनले स्वीडेनविरुद्ध आत्मघाति गोल गरेका थिए । उनले ४९ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
सन् २०१६ को युरोमा तीन वटा आत्मघाति गोल भएका थिए ।

आएरल्याण्डका काइरन क्लार्क त्यो बेला पहिलो आत्मघाति गोल गर्ने खेलाडी बनेका थिए । उनले स्वीडेनविरुद्ध ७१ औं मिनेटमा आत्मघाति गोल गरेका थिए । आईसल्याण्डका विकिर मार सेभरसनले हंगेरीविरुद्धको खेलमा आत्मघाति गोल ८८ औं मिनेटमा गरेका थिए । उत्तरी आएरल्याण्डका ग्यारेथ म्याकुलीले वेल्सविरुद्ध ७५ औं मिनेटमा आत्मघाति गोल गरेका थिए ।

अब कुरा गरौं युरो २०२० को । अहिलेसम्म ९ वटा आत्मघाति गोल भएका छन् । टर्कीका मेरिह डिमेरियलले  इटलीविरुद्ध आत्मघाति गोल गरेका थिए । युरो २०२० को पहिलो खेलमै आत्मघाति गोल निस्किएको थियो । उनले ५३ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए । पोल्याण्डका वेइजेक सेस्सनी जारी युरोमा दोस्रो आत्मघाति गोल गर्ने खेलाडी हुन् । उनले स्लोभाकियाविरुद्ध १८ औं मिनेटमा आत्मघाति गोल गरेका थिए । जर्मनीका म्याट हुमेल्सले फ्रान्ससँगको खेलमा आत्मघाति गोल गरेका थिए । उनले २९ औं मिनेटमा गरेको एक मात्र आत्मघाति गोलले फ्रान्सले जित निकालेको थियो । 
यसैगरी युरोको इतिहासमा एकै दिन २ आत्मघाति गोलको खराब कीर्तिमान पोर्चुगल र स्लोभाकियाको नाममा रहेको छ । जारी युरोमा जर्मनीविरुद्ध २ गोल पोर्चुगलले आत्मघाति गरेको थियो । 
रुवेन डायसले ३५ औं र राफेल गुरेरियाले ३९ औं मिनेटमा आत्मघाति गोल गरेका थिए । सोही गोलका कारण पनि पोर्चुगल ४–२ गोल अन्तरले जर्मनीसँग पराजित हुन पुगेको थियो । 

जारी युरोमा आत्मघाति गोल गर्ने छैटौं खेलाडी हुन् फिनल्याण्डका लुकास ह्याड्रिक । बेल्जियमविरुद्ध उनले ७४ औं मिनेटमा आत्मघाति गोल गरेका थिए ।  स्लोभाकियाले पनि जारी युरोमा २ गोल आत्मघाति गरेको छ । यसमा एक खेलाडी गोल किपर नै रहेका छन् । 

गोलकिपर मार्टिन डोब्रावकाले ३० औं मिनेटमा स्पेनलाई उपहार गोलको अग्रता दिलाएका थिए । यसैगरी स्पेनले ५–० को फराकिलो जित दर्ता गर्दा जुराज कुकाले ७१ औं मिनेटमा आत्मघाति गोल गरेका थिए ।

जारी युरोमा नवौं आत्मघाति गोल गर्ने खेलाडी हुन् स्पेनका गोल किपर पेड्री । उनले क्रोएशियाविरुद्ध राउण्ड अफ सिक्सटिनमा आत्मघाति गोल गरेका थिए । सोही गोलले अग्रता लिए पनि अन्त्यमा स्पेनले उत्कृष्ट पुनारगमन गर्दै क्रोएशियाविरुद्ध ५–३ गोल अन्तरको जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । 

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey