राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१७
  • |
  • 1934 पटक हेरिएको

हाइलाइट्स

  • स्थगित भएकाे प्रशिक्षण २३ गतेदेखि शुरु हुने छ ।

नेपाली राष्ट्रिय फुटबल टिमको आज देखि हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै अहिलेलाई बन्द प्रशिक्षण स्थगित भएको जनाएको  हो ।

प्रशिक्षण प्राविधिक कारणले स्थगित भएको जनाएको छ । प्रशिक्षण जुलाई सात तारिख अर्थात २३ गते बुधबारदेखि शुरुहुने छ । नेपाली फुटबल टिमले बंगलादेशमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको तयारी शुरु गर्न लागेको हो । 


नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडी छनोट गरेका छन् । विश्वकप तथा एशियन च्याम्पियनसिपका लागि शुरुवाती टिममा रहेका ३२ खेलाडीमा थप गर्दै उनले ५० सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey