युरोको इतिहासमा लगातार पाँच गोल गर्ने टिम स्पेन 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१७
  • |
  • 832 पटक हेरिएको

युरोको इतिहास हेर्ने हो भने सोमबार सर्वाधिक गोल भएको दिनको रुपमा दर्ज भएको छ ।

निर्धारित ९० मिनेटमा स्पेन र क्रोएशिया फ्रान्स र स्वीट्जरल्याण्डले समान तीन तीन गोलको बराबरी खेलेका थिए ।

क्रोएशियाविरुद्ध थपिएको ३० मिनेटमा स्पेनले २ गोल गरेपछि जित भने स्पेनले ५–३ गोल अन्तरले निकालेको थियो ।

सोही दिन अर्को खेलमा फ्रान्स र स्वीट्जरल्याण्डले पनि ३–३ गोल गरे ।

उक्त खेलमा भने पेनाल्टी सूटआउटबाट नतिजा निकाल्दा फ्रान्स स्वीट्जरल्याण्डसँग ५–४ गोल अन्तरले पराजित भयो ।

र युरो २०२० को यात्रामा पूर्णविराम लगाउन बाध्य बन्यो । 


सोमबारका दुई खेलको कुरा गर्ने हो भने, निर्धारित ९० मिनेट भित्र १४ गोल भए ।

युरो २०२० मा एकै दिन धेरै गोलको कुरा गर्दा नकआउटमा २ वटा खेल जोड््दा १४ गोल भएको थियो । तर, समूह चरमा एकै दिन भएका समूह चरणका चार खेलमा १८ गोल भएको थियो ।

जसमा स्पेनले स्लोभाकियालाई ५–० ले पराजित गरेको थियो । यसैगरी  स्वीडेनले पोल्याण्डमाथि ३–२ गोल अन्तरले जित दर्ता गरेको थियो ।

पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेल्दा जर्मनी र हंगेरीले पनि समान २–२ गोको बराबरी खेले पछि एकै दिन युरोमा चार खेलबाट १८ गोल हुन पुगेको थियो ।

युरोको इतिहासमा स्पेनले क्रोएशियाविरुद्ध निकालेको ५–३ गोल अन्तरको जित अहिलेसम्मकै बढी गोल हुने खेलको सूचीमा दोस्रो स्थानमा छ ।

पहिलो स्थानमा रहेको खेल भने १९६० को हो । त्यतिबेला सेमिफाइनलमा युगोस्लोभियाले फ्रान्समाथि ५–४ गोल अन्तरले जितेको थियो ।

डेनमार्कले वेल्समाथि ४–० गोलको जित दर्ता गर्दा युरोमा लगातार चार गोल गर्ने कीर्तिमान बनेको छ ।

डेनमार्कले समूह चरणमा रुसमाथि ४–१ गोल अन्तरको जित दर्ता गरेको थियो । 

स्पेनले एउटै युरोमा लगातार पाँच गोल गर्ने कीर्तिमान बनाएको छ ।

उसले स्लोभाकियालाई ५–० ले समूह चरणमा पराजित गर्दा नकआउट चरणमा क्रोएशियालाई ५–३ गोल अन्तरले पराजित गर्दै यो रेकर्ड आफ्नो नाममा राख्न सफल भयो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal