युरो २०२० गोल्डेन बुटको रेसमा रहेका सम्भावित खेलाडीहरु 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१६
  • |
  • 2426 पटक हेरिएको

युरो २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबार र शनिबार हुने छन् । समूह चरणमा २४ टिमले प्रतिस्पर्धा गरेको जारी प्रतियोगितामा अहिले अब अन्तिम आठ टोलीको टुंगो लागि सकेको छ । 

अन्तिम आठमा टोली नपुगे पनि पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो जारी युरोमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । 

उनले ५ गोल गरेका हुन् । पोर्चुगल समूह एफमा रहेको थियो । उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुग्दा त्यहाँबाट भने अघि बढ्न सकेन ।

No description available.

अन्तिम खेलमा रोनाल्डोले गोल गरेको भए सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लने अबसर रहेको थियो । उनी अहिले इरानका अलि दाईसँग १०९ गोलको रेकर्ड बराबरीमा रहेका छन् ।

रोनाल्डो पाेर्चुगल

No description available.

रोनाल्डोले युरो २०२० मा गरेका पाँच गोल छन् । पोर्चुगलले पहिलो खेलमा हंगेरीसँग खेलेको थियो । उक्त खेलमा पोर्चुगल ३–० ले विजयी हुँदा दुई गोल रोनाल्डोको नाममा रह्यो ।

उनले बुढापेस्टमा भएको खेलमा ८७ औं र दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै युरो २०२० मा शानदार शुरुवात गरेका थिए ।

दोस्रो खेलमा पोर्चुगलले दोस्रो खेलमा जर्मनीसँग खेलेको थियो । उक्त खेलमा पोर्चुगल ४–२ गोल अन्तरले पराजित भएको थियो । तर, पहिलो गोल भने पोर्चुगलले गरेको थियो । त्यतिबेला कप्तान रोनाल्डोले १५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै पोर्चुगलले २ गोल उपहार दिएपछि पछि परेको थियो । रोनाल्डोले जर्मनीविरुद्ध गरेको एक मात्र गोल युरोका लागि व्यक्तिगत तेस्रो गोल थियो ।

समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र २०१८ को विश्व कप विजेता फ्रान्स आमने सामने भएका थिए । यो खलेमा दुवै टिमले २–२ गोलको बराबरी खेले । उक्त खेलमा पोर्चुगलका लागि दुवै गोल रोनाल्डोले गरेका थिए । उनले खेलको ३१ औं र ६० औं मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सोही बराबरीका कारण पोर्चुगल उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको थियो । तर, अन्तिम १६ बाट भने अघि बढ्न सकेन ।

अन्तिम १६ मा पोर्चुगलले फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमसँग खेलेको थियो । उक्त खेलमा बेल्जियम १–० गोल अन्तरले विजयी भयो र पोर्चुगल र क्रिष्टियानो रोनाल्डोको युरो २०२० को यात्रामा पूर्णविराम लाग्यो । तर, युरोको सर्वाधिक गोलकर्ताको सूचीमा अहिले पनि रोनाल्डो शीर्ष स्थानमै रहेका छन् ।

सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो देखि चौथो स्थानमा रहेका खेलाडी तीन जनाको चार चार गोल रहेको छ । यसमा  चेक रिपब्लिकका प्याट्रिक शिक, फ्रान्सका करिम बेन्जिमा र स्वीडेनका इमिल फोक्सबर्ग रहेका छन् ।

प्याट्रिक शिक, चेक रिपब्लिक 

No description available.
चेक रिपब्लिक अहिले अन्तिम आठमा प्रवेश गरेको छ । टिमललाई अन्तिम आठमा पुर्‍याउन उनको महत्वपूर्ण योगदान रह्यो ।

चेक रिपब्लिकले पहिलो खेलमा स्कटल्याण्डसँग खेलेको थियो । उक्त खेलमा चेक रिपब्लिक २–० ले विजयी हुँदा शिकले दुवै गोल गरेका हुन् । उनले ४२ र ५२ औं मिनेटमा गोल गर्दै युरोको शुरुवात शानदार गरेका थिए ।  दोस्रो खेलमा चेक रिपब्लिकले क्रोएशिया १–१ गोलको बराबरी खेलेको थियो । उक्त खेलमा पनि शिकले पेनाल्टीमार्फत गोल गर्दै युरोमा व्यक्तिगत तेस्रो गोल गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग चेक रिपब्लिक १–० गोल अन्तरले पराजित भएको थियो । 

प्रि क्वाटरफाइनलमा चेक रिपब्लिकले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरेको थियो । जसमा चेकरिपब्लिक २–० गोल अन्तरले विजयी हुँदा शिकले ८० औं मिनेटमा  एक गोल थपेका थिए । उनको जारी युरोमा यो चौथो गोल हो । गोल्डेनबुटको रेसमा रहेका शिकले रोनाल्डोलाई पछि पार्ने कम्तिमा एउटा अबसर रहेको छ । सेमिफाइनल प्रवेशका लागि चेक रिपब्लिकले डेनमार्कसँग खेल्ने छ ।

करिम बेन्जिमा 

No description available.
फ्रान्स युरो २०२० बाट विदा भइसकेको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गर्दा बेन्जिमाले गोल गरेनन् । दोस्रो खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको थियो । यो खेलमा बेन्जिमाले गोल गरेका थिएनन् । 

समूह चरणको तेस्रो खेलमा फ्रान्सले पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दा ६ बर्षपछि राष्ट्रिय टिममा आएका बेन्जिमाले नै दुई गोल गरेका थिए । उनले पहिलो हाफको अतिरिक्त समयमा एक गोल गरेका थिए भने ४७ औं मिनेटमा अर्को गोल गरे । दोस्रो गोल भने बेन्जिमाले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो खाता खोलेका थिए । 

अन्तिम आठमा प्रवेश गर्नका लागि भएको प्रतिस्पर्धमा फ्रान्सले स्वीट्जरल्याण्डसँग खेलेको थियो । निर्धारित र अतिरिक्त समयमा दुवै टिमले तीन तीन गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो । जसमा फ्रान्स ५–४ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताको यात्रा टुंग्यायो ।

निर्धारित समयमा भने फ्रान्सका लागि बेन्जिमाले २ गोल गरेका थिए । उनले ५७ औं र ५९ औं मिनेटमा लगातार दुई गोल गरेका थिए । बेन्जिमाले युरोको यात्रा टुंग्याउँदा चार गोल गरेका थिए । 

इमिल फोक्सबर्ग, स्वीडेन

Bundesliga | Emil Forsberg: Who is the RB Leipzig winger and Sweden  talisman at UEFA Euro 2020?

स्वीडेनको पनि युरो २०२० बाट बिदाई भइसकेको छ । स्वीडेनका इमिल फोक्सबर्ग सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थनमा छन् भने उनले चार गोल गरेका छन् ।  पहिलो खेलमा स्वीडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्वीडेनले स्लोभाकियामाथि १–० गोल अन्तरको जित दर्ता गर्दा पेनाल्टी मार्फत फोक्सबर्गले युरोमा व्यक्तिगत पहिलो गोल गरेका थिए । 

दोस्रो खेलमा स्वीडेनले पोल्याण्डसँग खेलेको थियो । उक्त खेलमा स्वीडेन ३–२ गोल अन्तरले विजयी हुँदा फोक्सबर्गले व्यक्तिगत दुई गोल गरेका थिए । खेल खेल शुरु भएको दोस्रो मिनेट र ५९ औं मिनेटमा गोल गरेका हुन् । उनको युरोमा तेस्रो गोल भएको थियो ।

नकआउट चरणमा स्वीडेनको भेट युक्रेनसँग भएको थियो । जसमा २–१ गोल अन्तरले पराजित भएपछि स्वीडेनको यात्रामा पनि पूर्णविराम लागेको थियो । निर्धारित समयमा खेल बरबारी गर्नका लागि फोक्सबर्गले गोल गरेका थिए । उनको यरोमा गोल संख्या चार रहको थियो । तर, थप गरिएको समयको पनि अतिरिक्त समयमा गोल खाएपछि स्वीडेनको यात्रामा प्रतिबन्ध लागेको थियो ।

जारी युरोमा तीन गोल गर्ने खेलाडीको संख्या पाँच रहेको छ । जसमा पोल्याण्डका रोवर्ट लेवान्डोस्की सहित अरु खेलाडीहरु पनि छन् । स्वीट्जरल्याण्डका हेरिस सेफोरविक, इंग्ल्याण्डका रहिम स्र्टलिङ, बेल्जियमका रोमेलु लुकाकु, नेदरल्याण्ड्सका जोर्जिनियो विज्नलडम रहेका छन् । 

No description available.

युरो २०२० अन्तर्गत शुक्रबारदेखि सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा शुरुहुने छ । यस्तोमा अब चेक रिपब्लिकका प्याट्रिक शिक, स्वीडेनका इमिल फोक्सबर्ग, इंग्ल्याण्डका रहिम स्र्टलिङ गोल्डेन बुटको शीर्ष दौडमा हुने छन् । तर अन्य खेलाडीको पनि सम्भावना भने कायमै रहेको छ । यस्तोमा कसैले गोल संख्या पाँच पुर्‍याउन नसके गोल्डेनबुट पोर्चुगलका कप्तान रोनाल्डोको हुने छ । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal