एक रनको जित निकाल्दै वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिका सिरिजमा अगाडि

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१६
  • |
  • 1040 पटक हेरिएको

दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्धको तेस्रो टी २० मा एक रनको रोमाञ्चक जित हात पार्दै सिरिजमा २–१ को अग्रता लिएको छ ।

पाँचवटा टि २० को यो सिरिज हो ।

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले ७ विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो र उ एक रनले पराजित भयो । 
दक्षिण अफ्रिकाका रेजा हेन्ड्रिक्स र क्वीन्टन डी कले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

हेन्ड्रिक्स ११ बलमा १७ रन बनाउँदै आउट हुन पुगे । त्यसपछि कप्तान टेम्बा बवुमा जम्मा एक रन जोडेर पभेलियन फर्किएका थिए ।

त्यसपछि डी कक र एडेन मार्करमले अफिकी पारि सम्हालेका थिए । कक ५१ बलमा पाँच चौका र दुई छक्काको सहायताले ७२ रनको पारि खेले ।

मार्मरमले १८ बलमा २३ रन जोडेका थिए । डेभिड मिलर २ तथा जर्ज मिन्ड्ले सून्य रनमै पभेलियन फर्किएका थिए । वेस्टइन्डिजका ओबेड म्याकवेले २२ रन खर्चिएर २ विकेट लिएका थिए ।

जवाफी व्याटिङमा उत्रिएको वेस्टइन्डिजको शुरुवात भने राम्रो रहेको थियो । एविन लुईस र लेन्डल सिमन्सले ५५ रनको साझेदारी गरेका थिए । २१ बलमा २७ रन बनाएर लुईस आउट भए भने सिमन्सले २२ बलमा २२ रनको योगदान गरे ।

यसैगरी जेसन होल्डर १६ तथा शिमरोन हटमायर १७ रनमा पभेलियन फर्किएका थिए । अन्तिममा आन्द्रे रसेलले १६ बलमा २५ रन बनाउँदै टिमलाई जिताउने कोसिस गरे पनि सफल हुन सकेनन् ।

अन्तिम ओभरमा १५ रन चाहिएका बेला फेबियन एलेनले १२ रन ब्याटबाट ल्याएका थिए भने एक रन वाइड पाएको थियो ।

अन्तिममा २ बलमा ८ रन चाहिएका बेला पहिलो बल डट खेले भने दोस्रो बलमा छक्का प्रहार गरे पनि वेस्टइन्डिज एक रनले पराजित हुन पुग्यो ।

दक्षिण अफ्रिकाका तबरिज साम्सी र एन्ड्रिज नोर्टजेले  समान दुई दुई विकेट लिए । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal