Mega Bank

संकटा क्लब पनि युथ एकेडेमी सञ्चालनको तयारीमा 

एन्फा, नेक्सस स्कुल र क्लबबीच त्रिपक्षीय सम्झाैता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-१५
  • |
  • 554 पटक हेरिएको

ए डिभिजन लिग क्लब संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एएफसीको लाइसेन्सका लागि तयारी स्वरुपम एकेडेमी सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।

त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फा र नेक्सस स्कुलसँग संकटाले त्रिपक्षिय संझौता पनि गरेको छ । मंगलबार भएको सम्झौता अनुसार संकटा क्लबले सात र नेक्सस स्कुलले सात गरि १४ जना खेलाडीलाई एकेडेमीमा राखिने छ । अर्को बर्ष संकटाले १४ जना थप गर्ने छ ।

एकेडेमीको नाम पनि नेक्सस संकटा युथ फुटबल एकेडेमी राखिएको छ । सोमबार भएको सम्झौता पत्रमा एन्फाका तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यबहाक अध्यक्ष सुरेन्द्र सिखाकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालले हस्ताक्षर गरेका हुन् । 

एकेडेमी सञ्चालन गर्ने संकटा क्लब नीजि क्षेत्रबाट पहिलो संस्था भएको छ । यसअघि तीन वटा विभागीय क्लब नेपाल आर्मी, एपीएफ र पुलिसले यस्तो एकेडेमी सञ्चालन गरिसकेका छन् । उनीहरुले खेलाडी पनि छनोट गरिसकेका छन् ।
 

भर्खरै

Advertisement