कोपा अमेरिका : क्वाटरफाइनलमा को को भिड्ने ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१५
  • |
  • 1634 पटक हेरिएको

कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

समूह चरणका खेलसँगै क्वाटरफाइनल समिकरण पनि पुरा भएको हो ।

क्वाटरफाइनलका खेल शनिबारदेखि शुरुहुने छ ।

क्वाटरफाइनलमा हरेक दिन दुई दुई वटा खेल हुने छन् ।

पहिलो खेल नेपाली समय अनुसार विहाने पौने ३ बजे र दोस्रो खेल पौने ६ बजे शुरुहुने छ ।

पहिलो क्वाटरफाइनलमा पेरु र पारग्वेबीच प्रतिस्पर्धा हुने छ । सोही दिन ब्राजिल र चिली आमने सामने हुने छन् । 

आइतबार विहान पौने चार बजे उरुग्वे र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदा सोही दिन अर्जेन्टिना र इक्वेडोरको खेल पौने सात बजे शुरुहुने छ ।

पहिलो सेमिफाइनलको खेल मंगलबार विहान पौने पाँच बजे हुने छ भने दोस्रो सेमिफाइनलमा बुधबार पौने सात बजे हुने छ ।

तेस्रो स्थानका लागि शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुँदा फाइनल खेल आइतबार पनि सोही समयमा हुने छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey