टाइब्रेकरमा जित निकाल्दै स्वीट्जरल्याण्ड युरो २०२० को अन्तिम आठमा 

फ्रान्सका लागि एम्बाप्पकाे पेनाल्टी मिस महँगाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१५
  • |
  • 1140 पटक हेरिएको

हाइलाइट्स

  • निर्धारित समय तीन तीन गाेलकाे बराबरी
  • पेनाल्टीमा स्वीट्जरल्याण्ड ५ गाेल 
  • फ्रान्स ४ गाेल

विश्व विजेता फ्रान्स युरो २०२० बाट बाहिरिएको छ ।

मंगलबार विहान सकिएकाे खेलमा स्वीट्जरल्याण्डसँग टाई ब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भएको हो । निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

टाइब्रेकरमा स्वीट्जरल्याण्ड ५–४ गोल अन्तरले विजयी भयो ।

फ्रान्सका किलियन एम्बाप्पेले पेनाल्टी मिस गर्नु नै दुर्भाग्य बन्यो । उनको पेनाल्टी प्रहारलाई स्वीट्जरल्याण्डका गोलरक्षक यान सोमले गोल हुनबाट रोेका थिए । स्वीट्जरल्याण्डका पाँच जनाले नै गोल प्रहार गरे ।  

१५ औं मिनेटमा हेरिस सेफरविसले गोल गर्दै स्वीट्जरल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । 

त्यसपछि करिम बेन्जिमाले ५७ औं र ५९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई २–१ ले अघि बढाएका थिए । ७५ औं मिनेटमा पौल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ ले अघि बढाएका थिए ।

त्यसपछि ८० औं मिनटम सेफरविसले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि स्वीटजरल्याण्डले अग्रता कम गरेको थियो । ९० औं मिनेटमा मारियो ग्रमाोभिचले गोल गरेपछि खेल नाटकियरुपमा अतिरिक्त समयमा धकेलिएको थियो । 

टाइब्रेकरमा स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । 

फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बेले गोल गरेका थिए । तर, पाँचौ प्रहार गर्न पुगेका एम्बाप्पेको प्रहारलाई गोलरक्षक सोमरले विफल पारेपछि स्वीट्जरल्याण्ड अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो । सेमिफाइनल प्रवेशका लागि स्वीट्जरल्याण्डले अब स्पेनसँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal