क्रोएशिया भर्सेस स्पेन पहिलो हाफ : उपहार गोलको अग्रता जोगिएन

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१४
  • |
  • 1160 पटक हेरिएको

युरो २०२० अन्तर्गत प्रि क्वाटरफाइनल प्रवेशका  लागि स्पेन र क्रोएशियाबीचको खेल जारी छ ।

क्वाटरफाइनल प्रवेशका लागि जारी खेलमा पहिलो हाफ सकिँदा दुवै टिमले एक एक गोल गरेका छन् ।

स्पेनका गोलकिपर युनाइ सिमोनले आफ्नै पोस्टमा गोल गरेपछि १९ औं मिनेटमा क्रोएशियाले अग्रता लिएको थियो ।

सर्जियो बुस्केटले दिएको ब्याक पास सिमोनलाई लागेर आफ्नै जाली छुन पुगेको थियो ।

सोही उपहार गोलले क्रोएशियाले अग्रता लिएको हो । त्यसअघि क्रोएशियाको पोस्ट चार्जलाई बिफल पारिएको थियो । एक गोलको अग्रता लिएपछि क्रोएशियाले लगातार स्पेनमाथि दबाव कायम गरेको थियो ।

एक गोलले पछि परेपनि स्पेनले क्रोएशियाको डिफेन्स लाइनलाई पार गर्नका लागि लगातार प्रयास जारी राखेको थियो । ३८ औं मिनेटमा स्पेनले बराबरी गोल गरेको थियो । उसका लागि पाब्लो साराबियाले बराबरी गोल फर्काएका हुन् । 
 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal