चार पटकका च्याम्पियन फराह टोकियो ओलम्पिकको छनोट पार गर्न असफल

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१४
  • |
  • 1203 पटक हेरिएको

चार पटकका ओलम्पिक च्याम्पियन मोहमद फराह टोकियो ओलम्पिकको छनोट चरण पार गर्न असफल भएका छन् ।

उनले दुई पटक दश हजार तथा अरु दुई पटक पाँच हजार मिटरमा  दौडमा पनि स्वर्ण पदक जितेका थिए ।

उनको पुरा नाम मोहम्मद मुख्तार जामा फराह हो ।

म्यानचेस्टरमा ब्रिटिश एथ्लेटिक्स आमन्त्रण च्याम्पियनसिपको १० हजार मिटर दौडबाट उनी छनोट चरण पार गर्न असफल भएका हुन् ।

उनलाई टोकियो ओलम्पिकका लागि छनोट हुनका लागि २७ मिनेट २८ सेकेण्डको समय आवश्यक रहेको थियो ।

तर उनले २७ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए ।

उनको सन् २०१२ र २०१६ मा १० हजार मिटर दौडमा जितेको स्वर्ण पदक रक्षा गर्ने अभियानमा रोकिएको छ ।

फराहले बर्मिङघममा १० हजार मिटर ट्रायलका बेला पनि असफल भएका थिए । फराह दुई पटक ५ हजार मिटर दौडमा पनि च्याम्पियन भएका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey