टी २० विश्वकप युएईमा हुने पक्का, मिति आईसीसीले सार्वजनिक गर्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१४
  • |
  • 945 पटक हेरिएको

कोरोना महामारीका कारण भारतमा हुने तय भएको टी २० विश्वकप युएईमा हुने भएको छ ।

भारतमा बीसीसीआईले आयोजना गर्ने भनिएको विश्वकपको आयोजकबाट पछि हटेको हो । बीसीसीआईको आज बसको बैठकले टी २० विश्वकप युएईमा गर्ने निर्णय गरिएको छ ।

बीसीसीआईका सचिव जय शाहले टी २० विश्वकपबारे आईसीसीलाई जानकारी दिने र उसैले मिति तय गर्ने बताए । आईसीसीले जुन पहिलो साता बीसीसीआईलाई टी २० विश्वकपबारे निर्णय लिन समय दिएको थियो ।

त्यतिबेला भारतमा कोरोना संक्रमण घट्ने आँकलनका साथ देशमा आयोजना गर्ने गरि बीसीसीआईले जवाफ दिएको थिएन । तर, अहिले पनि भारतमा कोरोना महामारी घटेको छैन । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टी २० विश्वकप युएईको अबुधावी, शारजाह र दुबईमा हुने छ । गत बर्ष अस्ट्रेलियामा २०२० का लागि तय भएको विश्वकप स्थगित गर्दै २०२१ मा भारतमा गर्ने र २०२२ मा फेरि अस्ट्रेलियामा अर्को विश्वकप गर्ने निर्णय गरेको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey