समूह चरणमा 'स्लाे' स्टार्ट भएका स्पेन र क्रोएशिया भिड्दै

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१४
  • |
  • 1157 पटक हेरिएको

हाइलाइट्स

  • राति पाैने १ बजे 
  • फ्रान्स र स्वीट्जरल्याण्ड खेल्ने 

युरो २०२० अन्तर्गत अन्तिम आठमा प्रवेश गर्नका लागि स्पेन र क्रोएशियाबीच प्रतिस्पर्धा हुँदै छ ।

यो खेल नेपाली समय अनुसार राति पौने १० बजे हुने छ । युरोको समूह चरणमा दुवै टिमले एकदमै स्लो स्टार्ट गरेका थिए ।

दुवै टिम अन्तिम खेलबाट मात्रै नकआउट चरणमा प्रवेश गर्ने बाटो खुलेको थियो ।

क्रोएशिया समूह चरणमा एक खेलमा पराजय भोग्दा एक खेलमा जित र एक खेलमा बराबरी गर्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

क्रोएशियाले अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जित निकाल्दै उप विजेता पनि बनेको थियो ।

२०१८ को विश्वकपको उप विजेता रहेको क्रोएशिया स्पेनलाई स्तब्ध बनाउँदै अन्तिम आठमा प्रवेश गर्ने लक्ष्यमा हुने छ ।

स्पेन पनि जारी युरोमा कमजोर शुरुवात गरे पनि हार भने नचाखेको टिम हो । पहिला दुई खेल बराबरी गरेको स्पेनले अन्तिम खेलमा स्पेनले स्लोभाकियामाथि फराकिलो जित दर्ता गरेको थियो ।

स्पेन : जेरार्ड मोरेनोले अहिलेसम्म व्यक्तिगतरुपमा गोल भने गर्न असफल रहेका छन् ।

तेस्रो खेलमा उनले दुई गोलमा एसिस्ट भने गरेका थिए ।  

भिल्लारियलबाट व्यवसायिक फुटबल खेल्ने मोरेनाको प्रदर्शनले पनि आज स्पेनको खेलमा प्रभाव पार्ने छ ।

उनी स्पेनिस टिमका महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् ।
 
क्रोएशिया :  चेक गणतन्त्र र स्कटल्याण्डविरुद्ध लगातार दुई पटक क्रोएशियाका लुका मोड्रिक प्लेयर अफ द म्याच बनेका थिए ।

क्रोएशिया मोड्रिककै खेल वरिपरि रहेको छ । यसैगरी इभान पेरिसिचको अभाव भने क्रोएशियालाई खट्कने छ ।

उनी कोभिड भएपछि १० दिने आईशोलेसनमा रहेका छन् । क्रोएशियाको टिभ भने स्पेनको भन्दा अनुभवि नै रहेको छ । २०१८ को विश्वकप खेल्दा टिममा रहेका खेलाडीहरुको संख्या अहिले पनि १३ जना रहेका छन् । 

क्रोएशिया र स्पेन अहिलेसम्म आठ पटक भिड्दा स्पेनले चार पटक बाजी मारेको छ भने क्रोएशिया तीन पटक जित निकाल्न सफल भएको छ ।

एक खेल बरारबरीमा सकिएको थियो । पछिल्लो भेटमा भने क्रोएशिया ३–२ गोल अन्तरले विजयी भएको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey