वेस्टइन्डिजविरुद्ध टी २० मा दक्षिण अफ्रिकाको ‘कमब्याक’

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१४
  • |
  • 1154 पटक हेरिएको

हाइलाइट्स

  • स्काेर 
  • दक्षिण अफ्रिका : १६६/७
  • वेस्टइन्डिज : १५०/९

वेस्टइन्डिजविरुद्धको टी २० सिरिजमा दक्षिण अफ्रिकाले उत्कृष्ट कमब्याक गरेको छ ।

पहिलो खेलमा ८ विकेटले पराजित भएको अफ्रिकाले आइतबार राति भएको खेलमा वेस्टइन्डिजमाथि १६ रनको जित निकाल्न सफल भयो ।

योसँगै पाँच म्याचको टी २० मा दुवै टिमले एक एक खेल जितेका छन् ।

दक्षिण अफ्रिकाले दिएको १६७ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५० रन मात्रै बनाउन सक्यो । 

वेस्टइन्डिजले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गर्न उत्रिएको अफ्रिकन टिमले राम्रो शुरुवात गरेको थियो ।

उसका ओपनरद्वय रेजा हेनरिक र क्विन्टन डी ककले ७३ रनको साझेदारी गरेका थिए ।

डी कक व्यक्तिगत २६ रन बनाएर आउट हुँदा अफ्रिकाले पहिलो विकेट गुमाएको थियो । उनले २० बलमा २६ रन बनाउँदा दुई दुई चौका र छक्का प्रहार गरेका थिए ।

त्यसपछि क्रिजमा आएका कप्तान टेम्बा बावुमा र हेनरिकले पारि अघि बढाएका थिए ।

टिमको स्कोर  ९६ रन भएका बेला हेनरिक आउट हुन पुगे । उनी व्यक्तिगत ४२ रनको पारि खेल्ने पभेलियन फर्किएका थिए ।

३० बल फेस गरेका हेनरिकले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यसपछि डेभिड मिलर टेम्बाले अफ्रिकाको स्कोर १२० प्लस बनाए । १२२ रन भएका बेला मिलर आउट भएका थिए । उनी जम्मा ११ रनमा पभेलियन फर्किएका थिए ।

त्यसपछि रसे भान डेर डुुसेन २ रन बनाएर आउट हुँदा अफ्रिका १५.२ ओभरमा ४–१३९ रनमा रहेको थियो ।

पाँचौ विकेटको रुपमा कप्तान टेम्बा ४४ रन बनाएर आउट भएका थिए । उनले ३३ बल खेल्दा पाँच चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि हेनरिक क्लासेन १०, जर्ज लिन्ड्ले तीन रन बनाएर आउट हुँदा कागिसो राबडा सात रनमा नआउट रहे । वेस्टइन्डिजका वेवेड म्याक्वीले सर्वाधिक तीन विकेट लिँदा केभिन सिंकलेयरले दुई विकेट हात पारे । 

Image

१६७ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले शुरुवात मध्यम गतिले गरेको थियो ।

ओपनिङ ब्याट्सम्यान एविन लुईस १६ बलमा २१ रन बनाएर आउट भएका थिए । उनकै प्रदर्शनका कारण अफ्रिकाविरुद्ध पहिलो खेलमा वेस्टइन्डिजले ८ विकेटको जित दर्ता गरेको थियो । लुईस आउट भएपछि दवाबमा आएको वेस्टइन्डिजमाथि अफ्रिकन बलरहरु हावी भएका थिए ।  

यसैगरी आन्द्रे फ्लेचर ३५ रन बनाएर आउट हुँदा फावियन एलियन ३४ रनमा पभेलियन फर्किए ।

जेसन होल्डरले २० रन बनाउँदा डुवान ब्राभोको १० रन योगदान रह्यो । अन्य खेलाडीहरु क्रिस गेल, निकोलस पुरन, काइरोन पोलार्ड, आन्द्रे रसेलले दोहोरो अंकमा रन बनाउन असफल रहे ।

वेस्टइन्डिजलाई रोक्ने क्रममा कागिसो राबडाले तीन विकेट लिए । यसैगरी जर्ज लिन्ड्लेको नाममा दुई विकेट रह्यो ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey