विश्वकप र आईपीएलबारे आज औपचारिक निर्णय !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१४
  • |
  • 750 पटक हेरिएको

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले स्थगित भएको इन्डियन प्रिमियर लिग आईपीएल र टी २० विश्वकप बारे निर्णय गर्ने बताइएको छ ।

कोरोना महामारीका कारण स्थगित भएको आईपीएलका ३१ खेल हुन बाँकी छ ।

ती खेलहरु युएईमा गर्ने तय भइसकेको छ ।

पछिल्लो जानकारी अनुसार आईपीएलको प्रतियोगिता आयोजना गर्ने तालिकामा केही परिमार्जन हुने भएको छ ।

अक्टुबरमै आयोजना हुने टी २० विश्वकपलाई मध्यनजर गर्दै आईपीएलको तालिका परिमार्जन गर्न लागिएको हो । 

अहिलेसम्म आईपीएल १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म गर्ने तयारी गरिएको छ । त्यसलगत्तै विश्वकप अर्थात १७ अक्टोबरदेखि चार नोभेम्बरसम्म युएईमै हुने लगभग तय छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey