युरो २०२० : स्पेन र क्रोएशिया तथा फ्रान्स र स्वीट्जरल्याण्ड भिड्दै

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१४
  • |
  • 1110 पटक हेरिएको

हाइलाइट्स

  • आइतबारकाे खेलबाट 
  • चेक गणतन्त्र र बेल्जियम अन्तिम आठमा प्रवेश गरेका छन् ।

युरो २०२० अन्तर्गत आज पनि २ वटा खेल हुँदै छन् ।

नकआउट चरणको खेलमा राति पौने १० बजे स्पेन र क्रोएशिया आमने सामने हुन लागेका हुन् । यसैगरी राति पौने १ बजे फ्रान्स र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।

स्पेन समूह ईको उप विजेता हो भने क्रोएशिया समूह डीबाट उप विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको टिम हो ।  

स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई माथि भारि अन्तरको जित दर्ता गरेको थियो ।

क्रोएसिया इंग्ल्यान्डसँग पराजित भएको थियो भने चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

उता, राति पौने १ बजे हुने खेलमा गत संस्करणमा उप विजेता भएको फ्रान्स  र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।

समूह एफबाट विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको फ्रान्स र समूह एमा उत्कृष्ट तेस्रो रहँदै नकआउट चरणमा प्रवेश गरेको स्वीट्जरल्याण्डको खेल पनि प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

ग्रुप अफ डेथ भनिएको समूह एफमा रहेको फ्रान्सले जर्मनीलाई पराजित गर्दा हंगेरी र पोर्चुगलसँग अंक बाँडेको थियो । स्वीट्जरल्याण्डले टर्कीलाई पराजित गर्दा वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग स्तब्ध भएको थियो ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey