कोपा अमेरिका : ब्राजिल र इक्वेडर बराबरी, पेरुको जित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१४
  • |
  • 1393 पटक हेरिएको

 कोपा अमेरिका फुटबलमा समूह एबाट क्वाटरफाइनलमा प्रवेश गर्ने टिमको टुंगो लागको छ ।

आज विहान सकिएका खेलमा ब्राजिल र इक्वेडोर एक एक गोलको बराबरीमा रोकिँदा पेरुले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

ब्राजिलले अग्रता जोगाउन असफल भएको थियो ।

ब्राजिलका लागि इडर मिलिटाओले ३७ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा एन्जल मिनाले गोल गरेपछि इक्वेडोरले बराबरी गर्न सफल भयो ।

यो नतिजासँगै ब्राजिल समूह चरणका चार खेलबाट १० अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गर्दा इक्वेडोर चौथो स्थानमा रहेर अन्टिम आठमा प्रवेश गर्न सफल भयो । 

सोही समयमा भएको अर्को खेलमा पेरुले भेनेजुएलालाई १–० ले स्तब्ब पार्दै समूह चरणबाट बाहिर पठायो । पेरुका लागि ४८ औं मिनेटमा एन्डर क्यारिलियोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey