नाै बर्षपछि चेक गणतन्त्र युराेकपकाे क्वाटरफाइनलमा, नेदरल्याण्ड्स २-० ले पराजित

सन् १९७६ को च्याम्पियन चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१३
  • |
  • 1172 पटक हेरिएको

हाइलाइट्स

चेक सन् २०१२ पछि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । सन् १९७६ को च्याम्पियन चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । 

नेदरल्याण्ड्सलाई हराउँदै चेक गणतन्त्र युरो कपको क्वाटरफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा चेकले नेदरल्याण्ड्सलाई दुई शुन्यले हरायो । 

बुडापेष्टको पुस्कास एरिनामा भएको खेलमा चेकको टिममा होल्स र  प्याट्रिक ले एक एक गोल गरे । १० खेलाडीमा झरेको नेदरल्याण्ड्सविरुद्ध चेकले खेलको ७७ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा नेदरल्याण्ड्सले उत्कृष्ट मौका खेर फाल्यो । उसका डोनेल मलेनले निकै राम्रो अवसरलाई खेर फाले । 

५५ औं मिनेटमा नेदरल्याण्ड्ससका डी लिटले सोझै रातो कार्ड पाए । १० खेलाडीमा झरेको नेदरल्याण्ड्सविरुद्ध चेकले ६८ औं मिनेटमा अग्रता बनायो । कालासको पासमा होल्सले गोल गर्न सफल भए । 

खेलमा एक गोलले अगाडी रहेको चेकले ८० औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि होल्सको पासमा प्याट्रिकले गोल गर्न सफल भए । 

त्यसपछि नेदरल्याण्ड्सले गोल गर्ने निकै अवसर पाएपनि सफल भएन । जसका कारण यो पटकको युरोकपमा पनि नेदरल्याण्ड्सको यात्रा अन्तिम १६ मा नै सकिएको छ । यो जितपछि चेक सन् २०१२ पछि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । सन् १९७६ को च्याम्पियन चेकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । 

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey