नेकोसद्वारा  खेलाडी, प्रशिक्षक र राखेप कर्मचारीलाई खोप प्रदान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१३
  • |
  • 896 पटक हेरिएको

नेपाल खेलकुद महासंघ (नोकोस) ले खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस ९कोभिड– १९० विरुद्धको खोप आइतबार प्रदान गरेको छ ।


नो कोभिड, नो भिड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले जनाएका छन् । खोप लगाउनेमा अधिकांस खेलाडी थिए ।

नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले जानकारी दिए ।

त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा सम्बन्धितलाई खोप लगाइएको हो ।

यसअघि महासंघले अग्रपंक्तिमा रहेर कार्य सञ्चालन गर्नु पर्ने विभिन्न क्षेत्रलाई स्वस्थ्य सामाग्री प्रदान गरिसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal