हाइभाेल्टेज म्याच : पोर्चुगल र कप्तान रोनाल्डोलाई रोक्न सक्ला त बेल्जियमले ?

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-१३
  • |
  • 1821 पटक हेरिएको

हाइलाइट्स

  • आजकाे पहिलाे खेलमा नेदरल्याण्ड्स र चेक गणतन्त्र राति पाैने १० बजे खेल्ने छन् ।

युरो २०२० अन्तर्गत हाईभोल्टेज म्याचमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमसँग प्रतिस्पर्धा गर्दै छ ।

यो खेल राति पौने १ बजे सेभिल्लामा हुने छ । पोर्चुगलले २०१६ मा फ्रान्सलाई पराजित गर्दै युरोको उपाधि जितेको थियो भने पछिल्लो समय फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा रहँदै आएको छ ।

जसले गर्दा पनि आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यी दुई टिमको भेट प्रि क्वाटरफाइनलमै होला भन्ने सायदै युरो शुरुहुनु पूर्व कसैले पनि गरेका थिएनन् ।

तर, पोर्चुगल आफ्नो समूहमा तेस्रो स्थानमा रहे पछि समूह बीको विजतो बेल्जियमसँग भेट पक्का भएको थियो ।

बेल्जियम आफ्नो समूहमा लगातार तीन खेलमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल भने आफ्नो समूहमा एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा पराजयको स्वादसहितको मिश्रित नतिजाका साथ प्रि क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

आजको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोमाथि धेरैको नजर हुने छ ।

कारण उनी सर्वाधिक गोलकर्ता सूचीको शीर्ष स्थानमा उक्लन एक गोल आवश्यक छ । जारी युरोमा अहिलेसम्म ५ गोल गरिसकेका रोनाल्डो गोल्डेन बुटको पनि शीर्ष स्थानमा छ ।

उनले आज एक मात्र गोल गरे भने देशका लागि अन्तर्राष्ट्रिय गोल संख्या ११० पुग्ने छ । जुन इरानका अलि दाईको भन्दा बढी हुने छ ।

अहिले दाईसँग रोनाल्डो बराबरीको अवस्थामा रहेका छन् ।

आजको खेलमा पोर्चुगलका मिडफिल्डर डानिलो खेल्ने सम्भावना रहेको छ ।

फ्रान्सविरुद्ध घाइते भएपछिबीचमै मैदान छाडेका उनी आज फिट भएर आएमा पोर्चुगललाई केही राहत हुने छ । 

उता, बेल्जियमा पनि रोमेलु लुकाकु, कोभिन डी ब्रुयन, इडन हाजार्ड जस्ता उत्कृष्ट खेलाडी रहेका छन् । 

पोर्चुगल र बेल्जियम १८ पटक भिड्दा पोर्चुगल ६ तथा बेल्जियम ५ खेलमा विजयी भएको छ ।

यसैगरी ७ खेल भने बराबरीमा सकिएका छन् ।

पछिल्लो पाँच खेलमा भने पोर्चुगल नै हावी रहेको छ ।

यसमा तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey