Mega Bank

दक्षिण अफ्रिकाविरुद्ध टी २० मा वेस्टइण्डिजको शानदार जित

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-१३
  • |
  • 561 पटक हेरिएको

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी २० क्रिकेटमा वेस्टइण्डिज ८ विकेटले विजयी भएको छ ।

१६१ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले १५ ओभरमा २ विकेट गुमाएर जित निकालेको हो ।

उसका लागि इभिन लुइसले ७१ रनको पारि खेल्दा आन्द्रे फ्लेचरले ३० रनको योगादन गरे ।

लामो समयपछि टिममा कमब्याक गरेका क्रिस गेल ३२ रनमा नआउट रहँदा आन्द्रे रसेल पनि २३ रनमा नआउट नै थिए । दक्षिण अफ्रिकाका तबरिज समसीले एक विकेट लिए ।

पहिला व्याटिङ गरको अफ्रिकाले रसेन भान डर डुसेनको नटआउट ५६ रनको पारिले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो ।

क्वीन्टन डि ककले ३७ रन बनाउँदा टेम्बा बाभुमाले २२ रनको योगदान गरे ।

वेस्टइण्डिजका फावियन एलियन र डुवान ब्राभोले दुई दुई विकेट लिएका थिए ।

पाँच टी २० म्याचको सिरिजमा वेस्टइण्डिज १–० ले अघि रहेको छ । दोस्रो टी २० आजै हुने छ । 

भर्खरै

Advertisement