Mega Bank

इंग्ल्याण्डले श्रीलंकाविरुद्धको टी २० सिरिज गर्‍यो क्लिनस्वीप

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-१२
  • |
  • 410 पटक हेरिएको

हाइलाइट्स

  • इंग्ल्याण्ड ६-१८०
  • श्रीलंका ९१ मा अलआउट 

श्रीलंकाविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको क्लिनस्वीप गरेको छ । तीन म्याचको टी २० सिरिज इंग्ल्याण्डले ३–० ले जितेको हो ।

साउथ ह्याम्पटनमा शनिबार भएको तेस्रो तथा अन्तिम टी २० इंग्ल्याण्डले ८९ रनको जित दर्ता गर्न सफल रह्यो ।

१८१ रनको लक्ष्य पछ्याएको श्रीलंका जम्मा ९१ रनमा समेटिन पुगेको थियो ।

श्रीलंकाका लागि विनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाउँदा ओसाडा फर्नान्डोले १९ रनको योगदान गरे ।

यसैगरी निरोशन डिकवालाले ११ रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल रहेका थिए ।

इंग्ल्याण्डका डेभिड विलीले सर्वधिक तीन विकेट लिँदा साम करनले दुई विकेट हात पारे ।

यसैगरी क्रिस वोक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन र मोइन अलिले एक एक विकेट लिएका थिए ।

इंग्ल्याण्डले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

पहिलो विकेटका लागि जोनी वेरिस्टो र डेभिड मलानले शतकीय साझेदारी गरेका थिए ।

बेरिस्टो अर्धशतक बनाउँदै ५१ रन जोडेका बेला आउट भए । उनले ४३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।  

यसैगरी मलानले ७६ रनको अर्धशतकीय पारि खेल्दा ४८ बल फेस गरेका थिए ।

उनले चार छक्का र पाँच चौका प्रहार गरे ।

श्रीलंकाका लागि धुसमुन्ता चामिराले चार विकेट लिए पनि इंग्ल्याण्डलाई लो स्कोरमा भने रोक्न असफल रहे ।

अब श्रीलंकाले इंग्ल्याण्डसँग २९ तारिखमा पहिलो एक दिवसीय क्रिकेट खेल्ने छ ।

भर्खरै

Advertisement